लेबनानमा हिजबुल्लाह सदस्यको सञ्चार उपकरण विस्फोट, ८ जनाको मृत्यु
नेपालबहस संवाददाता
असोज २, २०८१ बुधबार १०:१०:१८
२ असोज, काठमाडौं । लेबनानमा हिजबुल्लाह सदस्यहरूको पेजर (सञ्चार उपकरण) मा विस्फोट हुदा ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हिज्बुल्लाहका दुई सदस्य रहेको मिडिया रिपोर्टमा उल्लेख छ । यस विष्फोटमा हजार भन्दा बढी घाइते भएको बताइएको छ ।
मिडिया रिपोर्टका अनुसार पेजर ह्याक गरी ब्लास्ट गरिएको थियो । यस ह्याकिङको पछाडि इजरायलको हात रहेको दाबी गरिएको छ । हिजबुल्लाहले आक्रमणको लागि इजरायललाई जिम्मेवार ठहराएको छ । तर, इजरायलले यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । पेजर सन्देश पठाउन र प्राप्त गर्न प्रयोग गरिने वायरलेस यन्त्र हो । यो सामान्यतया सानो स्क्रिन र सीमित किप्याडसंग आउँछ । यसको मद्दतले, सन्देश वा अलर्टहरू छिटो प्राप्त गर्न सकिन्छ ।
लेबनानी वेबसाइट नाहरनेटका अनुसार पेजर विस्फोटमा इरानका राजदूत मोजतबा अमानी पनि घाइते भएका छन् । तर, उनलाई गम्भीर चोट लागेको छैन । अरब मिडिया रिपोर्टका अनुसार शृंखलाबद्ध विस्फोटमा एक हजारभन्दा बढी हिजबुल्लाह सदस्यहरूलाई निशाना बनाइएको छ । हिजबुल्लाह प्रमुख हसन नसरल्लाह पनि घाइते भएको दाबी गरिएको थियो तर हिजबुल्लाहले यसलाई अस्वीकार गरेको छ ।
लेबनानका स्वास्थ्य मन्त्री फिरास अबियादले देशभर भएका विस्फोटमा सयौं व्यक्ति घाइते भएको पुष्टि गरेका छन् । स्वास्थ्य मन्त्रालयले सबै अस्पताललाई उच्च सतर्कतामा रहन आग्रह गरेको छ । स्वास्थ्यकर्मीहरूलाई तुरुन्तै उनीहरूको अस्पतालमा मद्दतको लागि जान भनिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक
पुष १, २०८१ सोमबार
मोटरसाइकल तीनजना सवार हुँदा...
पुष १, २०८१ सोमबार
मुस्ताङमा स्याउ कुहिएर क्षति बेहोर्नुपर्ने समस्या हट्यो
पुष १, २०८१ सोमबार
एनपिएल: सुदूरपश्चिम र कर्णाली भिड्दै
पुष १, २०८१ सोमबार
श्रमदान गरेर तमोर नदीमा काठे पुल निर्माण
पुष १, २०८१ सोमबार
धरानमा फस्टाउँदै सिद्रा व्यापार
पुष १, २०८१ सोमबार