कृषि उपजका लागी नेपाल किसान महासंघले माग्यो सरकारसँग अनुदान
नेपालबहस संवाददाता
असोज २, २०८१ बुधबार ११:१६:२३
२ असोज, काठमाडौं । नेपाल किसान महासंघको छैटौ पूर्ण बैठक गत भाद्र २५ र २६ गते नेपाली कांग्रेसको केन्द्रीय कार्यालय बीपीनगर सानेपा ललितपुरमा सम्पन्न भएको छ । नेपाली कांग्रेसको सबैभन्दा ठूलो र सबैभन्दा सकृय भातृ संस्थाका रुपमा आफूलाई उभ्याउँदै आएको नेपाल किसान महासंघले २९३ जनाको केन्द्रीय समिति निर्माण गरी देशैभरी महासंघलाई सशक्त रुपमा अगाडि बढाई रहेको देखिन्छ । बिगतमा सबैभन्दा निष्क्रिय प्रायः देखिएको नेपाल किसान महासंघ गणेशचन्द्र तिमल्सिनाले नेतृत्व सम्हाले सँगै पुनः एक पटक जुर्मुराएको देखिन्छ ।
नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न छैटौ पूर्ण बैठकको प्रमुख अतिथिमा नेपाली कांग्रेसका प्रवक्ता, पूर्व मन्त्री तथा माननीय डा प्रकाश शरण महत, बिशिष्ट अतिथिमा कृषि तथा किसान विभागका प्रमुख पूर्व मन्त्री उमेश श्रेष्ठ, बिशिष्ट अतिथिमा नेपाल सरकारका कृषि तथा पशुपंक्षी बिकास मन्त्री माननीय रामनाथ अधिकारी, बिशिष्ट अतिथिमा कृषि, सहकारी तथा प्राकृतिक श्रोत बिकास समितिकी सभापति कुसुम थापा सहित नेपाली कांग्रेसका नेता तथा नेपाल किसान महासंघका केन्द्रीय सदस्यहरू, महासंघका सात वटै प्रदेशका प्रदेश अध्यक्षहरूको उल्लेख्य सहभागिता रहेको महासंघले जनाएको छ ।
बैठकमा नेपाल किसान महासंघले हालसम्म गरेका कार्यहरुको समीक्षा हुनुका साथै आगामी चैत्र महिना भित्र महासंघको महाधिवेशन सम्पन्न गर्न गर्नुपर्ने कामहरु, वडा तहदेखि पालिका, प्रदेशसभा, क्षेत्र, जिल्ला र प्रदेशको महाधिबेशन सम्पन्न गर्न केन्द्रदेखि स्थानीय तहसम्म संगठनलाई परिचालन गर्ने बिषयमा छलफल भएको महासंघका प्रवक्ता आरबी रावलले बताए । उनका अनुसार महासंघमा गठन भएका विभिन्न बिभागहरुलाई समेत महाधिवेशनमा केन्द्रीत गरी पार्टीले तोकेको समयसीमा भित्रै महाधिवेशन सम्पन्न गर्न महासंघ लागिपरेको बताएका छन् ।
२४३ भन्दा बढी केन्द्रीय सदस्यहरूको उपस्थितिमा सम्पन्न नेपाल किसान महासंघको केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यहरूले किसानले बिगतदेखि भोगिरहेका मल, बिउ, किटनासक औषधि लगायतका अति आवश्यक सामाग्रीहरुको अभाव, उक्त अभावलाई शम्बोधन गराउन सरकारलाई दिनुपर्ने दवाव, साथै किसानद्वारा उत्पादित वस्तुको बजारिकरण, शित भण्डारको अभावमा किसानका उत्पादन खेर गइरहेको अवस्था, भारतीय उत्पादनले नेपाली किसानलाई पुर्याईरहेको समस्याहरू, लगायतका विषयमा ध्यानाकर्षण गराएका थिए ।
बैठकलाई शुभकामना दिने क्रममा बिशिष्ट अतिथि नेपाली कांग्रेसका प्रवक्ता माननीय प्रकाशसरण महतले नेपालको भौगोलिक बिबिधता र बिकटताले पनि सरकारले कृषि क्षेत्रमा भनेजति काम गर्न नसकेको कुरा स्विकार गर्दै नेपाली कांग्रेस महामानव बिपी कोईरालाकै कृषि नीतिका आधारमा अगाडि बढिरहेको बताएका थिए । प्रवक्ता महातले अब कृषिलाई आधुनिकीकरण र ब्यवसायिककरण गर्नुको बिकल्प नरहेको बताउदै ६२ प्रतिशत कृषिमा आधारित जनतालाई सरकारले उच्च प्राथमिकतामा राखेर कृषि कार्यक्रमहरू ल्याउनु पर्ने बताएका थिए ।
त्यसैगरी विशिष्ट अतिथि नेपाल सरकारका कृषि मन्त्री माननीय रामनाथ अधिकारीले बिगत लामो समयसम्म नेपाली कांग्रेसले कृषि मन्त्रालयको भूमिका नपाएका कारण अहिले किसानहरु निराश भएको अवस्थामा आफूले पाएको बताउँदै अब वास्तविक किसानले मात्रै अनुदान र सहयोग पाउने वातावरण बनाउने तर्फ आफु लागिपरेको बताएका थिए । मन्त्री अधिकारीले कृषि अनुदान झोला बोक्ने र परियोजना बोक्ने हरुले मात्रै पाउने गरेको गुनासाहरू आए पछि आफुले बिगत बर्षहरुमा कहाँ, कसरी, कति अनुदान लिए भन्ने डाटा निकाल्न लागेको र अनुदान लिएर पनि कुनै काम नगर्ने व्यक्तिहरुको नाम सार्वजनिक गर्न कृषि मन्त्रालय लागिरहेको बताएका थिए । मन्त्री अधिकारीले किसानका समस्या समाधान गर्न र कृषि कार्यक्रम बनाउन आफू नेपाल किसान महासंघसँग एउटै टेबलमा बसेर काम गर्न आतुर रहेको बताएका थिए ।
बिशिष्ट अतिथि कृषि, सहकारी तथा प्राकृतिक श्रोत बिकास समितिकी सभापति कुसुम थापाले सरकारले बनाउन लागेको नयाँ कृषि नीतिमा किसानका वास्तविक समस्याहरूलाई सम्बोधन गर्दै किसान केन्द्रीत कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएकी थिईन । त्यसैगरी बिशिष्ठ अतिथि पूर्व मन्त्री तथा कृषि तथा किसान विभागका प्रमूख उमेश श्रेष्ठले नेपालमा उत्पादित कृषि उपजको उचित भण्डारणका लागि आफुले काम गरिरहेको बताउदै नेपालको फलफुललाई ब्रान्डिङ र ग्रेडिङ्ग गरेर अन्तराष्ट्रिय बजारसम्म पुर्याउन सके नेपाली किसानको आर्थिक अवस्था सुधार हुने बताएका थिए । यसका लागि आफुले अबका दिनमा किसान हक हित र किसानका आवाजलाई सम्बोधन हुने काम गर्ने समेत बताएका थिए ।
नवनियुक्त केन्द्रीय सदस्यहरूलाई मनोनयन पत्र तथा प्रमाणपत्र बितरण गर्दै नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले अबको यो समिति महाधिबेशन सम्पन्न गर्न केन्द्रीत रहने साथै किसानका समस्याहरूमा सशक्त कार्यक्रम सञ्चालन गर्न समेत तैयार रहने बताएका थिए । अध्यक्ष तिमिल्सिनाले विगतमा नेपाल किसान महासंघले गरेका आन्दोलनहरू, आन्दोलनका उपलब्धीहरुको समेत समीक्षा गरेका थिए ।
बैठकमा अधिकांश केन्द्रीय सदस्यहरू, तथा किसान नेताहरूले कृषिको उन्नति र विकासका लागि खेत जोत्ने ट्याक्टर, मलखाद र किसानले उत्पादन गरेका कृषि उत्पादन तथा खाद्यान्न बोक्ने ढुवानीका साधनमा सरकारले तेल अनुदान कार्यक्रम ल्याउन जरुरी रहेको समेत औल्याईएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकिसानलाई किबीभन्दा अलैँचीबाट अधिक फाइदा
पुष ३, २०८१ बुधबार
व्यापार छाडेर टमाटर खेती, वार्षिक पाँच लाखभन्दा बढी आम्दानी
पुष ३, २०८१ बुधबार
पानीले बेर्ना कुहिएपछि डुडुवामा दोस्रो पटक आलु रोपियो
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
एनपीएल दोस्रो क्वालिफायर: फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै
पुष ४, २०८१ बिहिबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
माडीमा एक हजार दुई सय बढी परिवार गरिबीको रेखामुनि
पुष ४, २०८१ बिहिबार
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
पुष ४, २०८१ बिहिबार