प्रधानन्यायाधीश नियुक्ति नभएसम्म सर्वोच्चले अन्य न्यायाधीश नपाउने, हाल ६ वटा इजलास खाली
नेपालबहस संवाददाता
असोज २, २०८१ बुधबार ११:२४:४
२ असोज, काठमाडौं । राजनीतिक खिचातानी र भागबण्डाले गर्दा लामो समयदेखि सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति हुन सकेको छैन । अहिले १५ जना न्यायाधीशले काम चलाइरहेका छन् । मुद्दाको चाप बढिरहेको र न्यायाधीशको संख्या कम भएकाले न्याय सम्पादनमा असर पर्न थालेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रासद श्रेष्ठ पनि विदामा बसेका छन् ।
राजनीतिक भागबण्डा मात्र हैन, पछिल्लो समय बार र बेन्चबीच असमझदारी बढेर गएको छ । यसले गर्दा उच्च अदालतमा पनि न्यायाधीश नियुक्ति हुन सकेको छैन । न्यायपरिषदको बैठक पटक पटक बसेर पनि न्यायाधीश सिफारिस गर्न सकेन । ६५ वर्षे उमेर हदका कारण प्रधानन्यायाधीश श्रेष्ठले असोज २० मा अनिवार्य अवकाश पाउँदैछन् । उनीबाहेक ५ न्यायाधीशको दरबन्दी सर्वोच्चमा रिक्त छ ।
प्रधानन्यायाधीश श्रेष्ठले मुद्दा हेर्न छाडेपछि ६ वटा इजलास खाली हुन्छन् । कुल २१ न्यायाधीश रहने संवैधानिक व्यवस्था भएको सर्वोच्च अदालतमा ६ दरबन्दी खाली हुनु भनेको सामान्य कुरा होइन । प्रधानन्यायाधीश श्रेष्ठले आफू बिदा बस्नुअघि नै न्यायपरिषदको बैठक डाकेर रिक्त पदमा नियुक्तिका लागि सिफारिस गर्ने प्रयास गरेका थिए । तर, न्यायपरिषद नियमावली नसच्याएसम्म नियुक्ति गर्न नदिने भन्दै नेपाल बारले विरोध जनाउँदै रोक्ने काम गर्यो ।
सर्वोच्च अदालतमा रिक्त ५ न्यायाधीशको नियुक्तिका लागि भने न्यायपरिषद्ले सिफारिस गर्नुपर्नेछ । यसका लागि अब सबैभन्दा पहिलो प्रधानन्यायाधीशको नियुक्त हुनुपर्छ । प्रधानन्यायाधीशमा भर्खर प्रकाशमानसिंह राउत सिफारिस भएका छन् । उनको संसदीय सुनुवाइ हुन बाँकी नै छ । संसदीय सुनुवाइ समितिले उजुरी पनि आह्वान गरेको छैन । श्रेष्ठ प्रधानन्यायाधीश भएको तीन महिनापछि गत मंसिर ५ मा ६ न्यायाधीशको सिफारिस भएको थियो ।
जसमा उच्च अदालतका ४ न्यायाधीश शारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना र दुई कानुन व्यवसायीहरू सुनिलकुमार पोखरेल तथा बालकृष्ण ढकाल नियुक्त भएका थिए । त्यसयता न्यायाधीशहरू अवकाश हुँदै गए पनि नियुक्ति भने हुन सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले उच्च अदालतसँग माग्यो शरणार्थी प्रकरणमा बेचन झालाई थुनामा पठाउनुको कारण
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
जाडो याममा तातो भक्का विद्यार्थीको रोजाइमा
पुष ८, २०८१ सोमबार
निलगिरी हिमालमा हिउँ घट्दै
पुष ८, २०८१ सोमबार
खोकना बस्ती र आसपासको दृश्य
पुष ८, २०८१ सोमबार
रवि र छबीसहित ५ जनालाई कास्की अदालतका न्यायाधीश राईको इललासमा बयान गराइने
पुष ८, २०८१ सोमबार
तमोर नदीस्थित लुमुघाट मोटरेबल पुल पुनर्निर्माण थालियो
पुष ८, २०८१ सोमबार