कांग्रेसको सय दिने अभियानमा जिल्ला जाने प्रतिनिधिलाई सानेपामा आज प्रशिक्षण
नेपालबहस संवाददाता
असोज २, २०८१ बुधबार ११:५१:५१
२ असोज, काठमाडौं । नेपाली कांग्रेसले पार्टी सुदृढीकरण र संगठन विस्तारका लागि सुरु गर्न लागेको सय दिने अभियानमा जिल्ला जाने प्रतिनिधिहरूका लागि बुधबार सानेपामा प्रशिक्षण (अभिमुखीकरण) दिन लागेको छ । प्रतिनिधि छनोट गर्न ढिलाइ भएका कारण असोज १ गतेदेखि सुरु गर्ने भनिएको कार्यक्रम सुरु भएको छैन् । आज प्रतिनिधिहरूलाई प्रशिक्षण दिएर जिल्ला पठाउने कांग्रेसको तयारी छ ।
सभापति देउवाले प्रशिक्षणका लागि दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा पार्टीका पदाधिकारी,केन्द्रीय सदस्य, सांसद र पूर्व केन्द्रीय सदस्यहरूलाई सानेपामा बोलाएका छन् । १६ गते सम्म पार्टीको केन्द्रीय समिति बैठकले सय दिने सांगठनिक अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । असोज १ गतेबाट सुरु गरेर पुस १० गते सम्म अभियान सञ्चालन गर्ने कांग्रेसको तयारी थियो ।
यसका लागि भदौ ३० भित्र प्रतिनिधि जिल्ला जिल्लामा पठाउने कांग्रेसको तयारी थियो । अभियान अन्तर्गत पार्टीको सबै तहका सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन प्रतिनिधिहरूले भूमिका खेल्ने रहेको छ । यसका लागि कांग्रेसले यसअघि नै ४१ बुँदे टीओआर दिएको छ । महामन्त्री विश्वप्रकाश शर्माले ४१ बुँदे निर्देशन तयार पारेका थिए । त्यो केन्द्रीय समितिले अनुमोदन गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
दरबार स्क्वायर परिसरमा विदेशी पर्यटकको घुइँचो
मंसिर ८, २०८१ शनिबार
‘ङत भुलु’ अर्थात् स्वेतकाली अजिमा बाह्रवर्षे जात्रा
मंसिर ८, २०८१ शनिबार
दुर्गा प्रसाईंको गाडीकोे ठक्करबाट घाइते मेहताको मृत्यु
मंसिर ८, २०८१ शनिबार
प्रधानमन्त्रीले भने, बुबा विरामी हुनुहन्छ
मंसिर ८, २०८१ शनिबार