रविलाई पोखरेलको प्रश्न, तपाईंले सीईओका रुपमा मनलाग्दी पैसा खर्च गर्न मिल्ने, अनि दायित्व भित्र नपर्ने ?
नेपालबहस संवाददाता
असोज २, २०८१ बुधबार १३:५:५९
२ असोज, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लक्षित प्रश्न गरेका छन् । रास्वपा र रविको नाम नलिई महासचिव पोखरेलले सामाजिक सञ्जालमा यस्तो प्रश्न गरेका हुन् ।
‘कुनै कम्पनीको सीईओले आफ्नो कम्पनीमा पैसा कहाँबाट आउँछ र त्यसरी आएको पैसाको दायित्व के हो भन्ने जानकारी नै नराखी विना लगानी त्यसको शेयर होल्डर बन्छ र सीईओको रुपमा मनलाग्दी पैसा खर्च गर्दछ । अनि उसले गरेको त्यो काम उसको दायित्व भित्र पर्दैन भनेर जान्नेलाई छान्ने भन्ने राजनीतिक अभियानका दिग्गज अभियान कर्ताहरुले भनेको सुन्दा वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो स्पष्टै भयो । हैन र ?’
उनले सीईओका रुपमा जिम्मेवारी लिएको व्यक्ति कम्पनीका स्रोत र साधनको भरपूर प्रयोग गर्ने तर, त्यसको जिम्मेवारी लिनु नपर्ने कस्तो सीईओ हो भनेर प्रश्न गरेका छन् । सहकारी ठगी प्रकरणको छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले प्रतिनिधि सभामा बुझाएको प्रतिवेदनमा रविमाथि कारवाही गर्नु पर्ने सिफारिस गरे पनि रविले भने आफूले सफाइ पाएको बताउँदै आएका छन् । महासचिव पोखरेलले यसै प्रति लक्षित गर्दै टिप्पणी गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतबाट रित्तो हात फर्किइन आरजुः प्रधानमन्त्रीको भारत भ्रमण अनिश्चित
पुष ९, २०८१ मंगलबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
हुम्लामा हिमपात, एक फिटसम्म हिउँ जमेपछि चिसोले जनजीवन प्रभावित
पुष ९, २०८१ मंगलबार
पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने
पुष ९, २०८१ मंगलबार
सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु
पुष ९, २०८१ मंगलबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन आग्रह
पुष ९, २०८१ मंगलबार
अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्यको विनिमय दर ( हेर्नुस् सूची )
पुष ९, २०८१ मंगलबार