शिक्षा मन्त्रालयले सार्वजनिक गर्यो यस वर्षको शिक्षा दिवसमा दिने विद्यापदक, पुरस्कार र विभूषण
नेपालबहस संवाददाता
असोज २, २०८१ बुधबार १३:५४:४
२ असोज, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको उत्कृष्ट क्याम्पस, विद्यालय, विद्याभूषण, प्रविधि विद्याभूषण तथा छात्रापदक पाउनेको नाम घोषणा गरेको छ । भदौ ३१ गते बसेको मन्त्रीस्तरीय बैठकले पदक तथा विभूषणको छनोट गरेको हो । मन्त्रालयले शिक्षा दिवस २०८१ का अवसरमा सूची सार्वजनिक गरेको हो ।
मन्त्रालयले पुरस्कार तथा पदक वितरण भने टुंगो नलागेको जनाएको छ । मन्त्रालयका अनुसार यस वर्ष त्रिभुवन विश्वविद्यालयको सामुदायिकतर्फ ललितपुर, चापागाउँको श्री जनभावना क्याम्पस र निजीतर्फ सोल्टीमोड काठमाडौंको मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइसेन्स उत्कृष्ट ठहरिएका छन् । यो पुरस्कारको राशी दुई लाख ५० हजार रुपैयाँ छ ।
माध्यमिक शिक्षामा उत्कृष्ट नतिजाका आधारमा सार्वजनिक विद्यालयतर्फ दाङका दुई र काठमाडौंको एउटाले राष्ट्रिय शिक्षा पुरस्कार पाउँदै छन् । यसमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश तीन, दुई र एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् । निजी लगानीतर्फ राष्ट्रिय शिक्षा पुरस्कार पाउनेमा तीनवटै काठमाडौंका विद्यालय छन् ।
प्राविधिक शिक्षालयतर्फ राष्ट्रिय शिक्षा पुरस्कार पाउनेमा काभ्रे, दाङ, कपिलवस्तु र काठमाडौंको एक–एक शिक्षालय छन् । यो पुरस्कारको राशी एक लाख रुपैयाँ रहेको छ । समाज कल्याण शिक्षा पुरस्कार पाउनेमा काठमाडौं र ललितपुरका एक–एक संस्था छन् । यो पुरस्कारको राशी दुई लाख रुपैयाँ छ ।
व्यक्तितर्फ त्रिभुवन विश्वविद्यालयअन्तर्गत विभिन्न क्याम्पसका २५ शिक्षकलाई राष्ट्रिय शिक्षा पुरस्कार दिइँदैछ । प्राविधिक शिक्षालयका प्रशिक्षक तथा कर्मचारीतर्फ यही विधाको पुरस्कार अछाम, लमजुङ, डोटी र चितवनका पाँचजनाले प्राप्त गर्दै छन् । सार्वजनिक विद्यालयतर्फ यही विधाको पुरस्कार कोसी प्रदेशका १४, मधेसका आठ, वाग्मतीका १३, गण्डकीका आठ, लुम्बिनीका १२, कर्णालीका १० र सुदूरपश्चिमका ९ जना शिक्षकले प्राप्त गर्दै छन् ।
निजी विद्यालयतर्फ सबै प्रदेशका गरी ३२ जनालाई यो विधाको पुरस्कार दिइँदैछ । यस्तै, विद्यालय कर्मचारी, व्यवस्थापन समिति, पदाधिकारीलगायत गरी प्रत्येक प्रदेशका पाँचजनाका दरले ३५ जनाको नाम सूचीमा उल्लेख छ । उच्च शिक्षातर्फ विद्याभुषण ‘क’ ३६४ जना व्यक्तिले प्राप्त गर्दै छन् । विद्याभूषण ‘ख’ ३५ र ‘ग’ २१ जनाले प्राप्त गर्दै छन् । नेपाल छात्रापदक भने यस वर्ष १५ जनाले प्राप्त गर्दै छन् ।
मन्त्रालयले उच्च शिक्षातर्फ विद्याभूषण तथा विद्या पदक पाउनेको नाम पनि सार्वजनिक गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसार नेपाल विद्याभूषण ‘क’ प्राप्त गर्ने २६४ जना छन् । त्यस्तै सोही विद्या भूषण पाउने ‘ख’ प्राप्त गर्ने ३५ जना र ‘ग’ प्राप्त गर्ने २१ जनाको नाम मन्त्रालयले सार्वजनिक गरेको छ । यस वर्ष छात्रा पदकका लागि १५ जनाको नाम सरकारले घोषणा गरेको छ ।
यो वर्ष विश्वविद्यालय शिक्षक तथा कर्मचारी २५ जना, प्राविधिक शिक्षालयका प्रशिक्षक तथा कर्मचारी ५ जना, सार्वजनिक विद्यालयतर्फ ७४ जना र निजी विद्यालयतर्फ ३२ जनालाई सम्मान गर्ने भएको छ । त्यस्तै, विद्यालय कर्मचारी, विद्यालय व्यवस्थापन समिति पदाधिकारी, प्रारम्भिक बालविकास तथा शिक्षा सहजकर्ता÷शिक्षकतर्फ सम्मानित हुने ३५ जनाको नाम पनि मन्त्रालयले सार्वजनिक गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलोहनी नेपाल विश्वविद्यालयको कुलपतिमा नियुक्त
पुष ५, २०८१ शुक्रबार
त्रिभुवन विश्वविद्यालयका विभिन्न संकायमा ८ जना डीन र ३ निर्देशक नियुक्त
मंसिर ३०, २०८१ आइतबार
विश्वविद्यालयका डिन र क्याम्पस प्रमुखको नियुक्तिमा मैले हस्तक्षेप गरेको छैनः प्रधानमन्त्री
मंसिर २७, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
साउदी अरबबाट फर्किएका तनहुँका ३६ वर्षीय पुरुषमा मंकीपक्स सङ्क्रमण पुष्टि
पुष ५, २०८१ शुक्रबार
एनपीएलमा कुन खेलाडीले कुन अवार्ड जिते ?
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
गाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार
बाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार