रिक्की पोन्टिङ आईपीएल टिम पञ्जाव किंग्सको मुख्य प्रशिक्षकमा नियुक्त
नेपालबहस संवाददाता
असोज २, २०८१ बुधबार १४:५१:७
२ असोज, काठमाडौं । अस्ट्रेलियाका पूर्व कप्तान रिक्की पोन्टिङ आईपीएल टिम पञ्जाव किंग्सको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।
यस अघि आईपीएल टिम दिल्ली क्यापिटल्सको मुख्य प्रशिक्षक रहेका रिक्की अब २०२५ आइपिएल सिजनका लागि पञ्जाव किंग्सको मुख्य प्रशिक्षक नियुक्त गरिएको हो ।
रिक्की पञ्जावको पछिल्लो सात सिजनमा छैटौं मुख्य प्रशिक्षक बनेका छन् । उनी केही महिना अघि मात्र दिल्लीको मुख्य प्रशिक्षकको भूमिकाबाट अलग भएका थिए । पञ्जाव किंग्सले अहिलेसम्म आईपीएलको उपाधि जित्न सकेको छैन । २०१४ मा उप विजेता बनेको पञ्जाव त्यसयता प्लेअफमा पुग्न समेत सकेको छैन ।
आइपिएलमा खराब प्रदर्शन गरिरहेको पञ्जावलाई नयाँ स्वरुपमा ल्याउन रिक्कीका अगाडी चुनौती देखिएको छ । पञ्जावका कप्तान शिखर धवनले हालै सन्यास लिएपछि नयाँ कप्तान चुन्नेदेखि खेलाडीलाई रिटेन गर्ने र नयाँ खेलाडी भित्र्याउने चुनौती रहेको छ ।
रिक्की पोन्टिङ पहिलो सिजनदेखि नै आइपिएलसँग जोडिएका छन् । शुरुमा कोलकता नाइट राइडर्स र त्यसपछि मुम्बई इण्डियन्सको खेलाडीको रुपमा उनले आइपिएल खेलेका थिए । उनले २०१३ मा सिजनको बीचमा नै मुम्बईको कप्तानी छोडेका थिए । त्यसपछि उनी २०१४ मा मुम्बईको एड्भाइजरको भूमिकामा थिए भने २०१५ र २०१६ मा मुख्य प्रशिक्षक बनेका थिए । त्यसपछि २०१८ देखि उनी दिल्लीको मुख्य प्रशिक्षक रहेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
विमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार