‘न्यायाधीश नियुक्ति प्रक्रिया अविलम्ब अघि बढाउ’
नेपालबहस संवाददाता
असोज २, २०८१ बुधबार २१:६:१६
२ असोज, काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनले सर्वोच्च अदालतमा रिक्त न्यायाधीशको अविलम्ब नियुक्तिको प्रक्रिया अगाडि बढाउन प्रधानन्यायाधीशको ध्यानाकर्षण गराएको छ । सर्वोच्च अदालत बारको आज बसेको कार्यसमितिको बैठकले सर्वोच्च अदालतमा रिक्त पाँचजना न्यायाधीशको अविलम्ब नियुक्तिको प्रक्रिया अगाडि बढाउन उक्त ध्यानाकर्षण गराएको हो ।
“सर्वोच्च अदालतमा हाल पाँचजना न्यायाधीशहरूको पद रिक्त भई दैनिक सेवा प्रवाहमा असर परिरहेको कुरामा सर्वोच्च अदालत बार एशोसिएसनको गम्भीर ध्यानाकर्षण भएको छ”, बैठकपछि सर्वोच्च अदालत बारका सचिव श्यामकुमार खत्रीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “सर्वोच्च अदालतका न्यायाधीशहरूको अविलम्ब नियुक्ति गर्न र मापदण्ड पूरा गरेका अधिवक्ताहरूलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्नु ध्यानाकर्षण गर्दछ ।” उक्त बारले २०८१ साल साउन १० गते प्रधानन्यायाधीश र वरिष्ठतम न्यायाधीशलाई भेटी उक्त विषयमा ध्यानाकर्षण गरेको कुरा स्मरणसमेत गराएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमानव बेचबिखनविरुद्धकी अभियन्ता ‘टिप हिरो’ सुनिता दनुवारको निधन
पुष ८, २०८१ सोमबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
तमोर नदीस्थित लुमुघाट मोटरेबल पुल पुनर्निर्माण थालियो
पुष ८, २०८१ सोमबार
रास्वपा सभापति लामिछानेसहितका प्रतिवादीका अदालतमा बयान सुरु हुँदै
पुष ८, २०८१ सोमबार
रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु
पुष ८, २०८१ सोमबार
मानव बेचबिखनविरुद्धकी अभियन्ता ‘टिप हिरो’ सुनिता दनुवारको निधन
पुष ८, २०८१ सोमबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार