लाखेनाचसहित समापन भयो ललितपुरको इन्द्रजात्रा
नेपालबहस संवाददाता
असोज २, २०८१ बुधबार २२:६:०
२ असोज, ललितपुर । ललितपुर महानगरपालिका–१ को सहयोगमा आयोजित इन्द्रजात्रा लाखे नाच नाचेर आज समापन भएको छ । ललितपुरमा हरेक वर्ष मनाइने इन्द्रजात्रा लाखे नाचसहित समापन भएको हो । असोज १ गते मङ्गलबार ललितपुरको वडा नं १ स्थित सङ्कटा मार्ग मन्दिर परिसरबाट खट जात्रासहित सुरु भएको इन्द्रजात्रा आज लाखेनाचसहित टोल परिक्रमा र पूजा आराधनागरी समापन गरिएको हो ।
आज लाखेनाचसहित सङ्कटा मार्ग मन्दिर परिसरबाट भैरव, गणेश र कुमारी देवतालाई खटमा राखी मुसिङ्गाल चोक, ग्याँस डिपो, लीलाघर, कुमारी मन्दिर, जनकपुर कलेज, नानिचा चोक, अमर शिशु, गणेशथान प्याराडाइज, मेनपावर सर्वाङ्ग हस्पिटल, बिगमार्ट, तिनखम्बा चोक, भजन मण्डल, मुसिङ्गाल चोक हुँदै मन्दिर परिसर परिक्रमा गरिएको छ ।
जात्रा सुरु भएको पहिलो दिन पनि सङ्कटा मार्ग मन्दिर परिसरबाट लाखेनाचसहित टोल परिक्रमा गरिएको थियो । विशेषगरी नेवार समुदायले मनाउने इन्द्रजात्रा गत वर्षदेखि ललितपुरमा आयोजना गर्दै आएको ललितपुर महानगरपालिका– १ का वडाध्यक्ष निर्मल तण्डुकारले बताए।
उनले भने, “ऐतिहासिक इन्द्रजात्राको आयोजना गर्न पाउँदा खुसी छौँ । यो वर्षको इन्द्रजात्रा हर्षोल्लासको साथ मनाइयो । अर्को वर्ष अझै राम्रोसँग मनाउने अपेक्षा राखेका छौँ ।” सहकालको देवताका रुपमा इन्द्रजात्रा बाह्रौँ शताब्दीदेखि मनाउँदै आएको किंवदन्ती छ वडाअध्यक्ष तण्डुकारका अनुसार ४० वर्षदेखि रोकिएको इन्द्रजात्रा गत वर्षदेखि ललितपुरमा मनाउन थालिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमै पहिलो पटक पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव, ३० देशको सहभागिता रहने
असोज ३, २०८१ बिहिबार
आधुनिक धरहरा खुलेको पहिलो दिन अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक
असोज ३, २०८१ बिहिबार
दरबारमार्गमा ‘नेशनल डे कन्सर्ट’
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार
‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’
असोज ३, २०८१ बिहिबार
नेपालमै पहिलो पटक पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव, ३० देशको सहभागिता रहने
असोज ३, २०८१ बिहिबार
‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री ओली सहभागी
असोज ३, २०८१ बिहिबार
आधुनिक धरहरा खुलेको पहिलो दिन अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक
असोज ३, २०८१ बिहिबार
फिल्म ‘बेहुली फ्रम मेघौली’ को ट्रेलर सार्वजनिक
असोज ३, २०८१ बिहिबार