९ वर्षपछि सर्वसाधारणका लागि खुल्यो धरहरा, आज निःशुल्क चढ्न पाइने
नेपालबहस संवाददाता
असोज ३, २०८१ बिहिबार ९:४६:२९
३ असोज, काठमाडौं । नौ वर्षपछि सर्वसाधारणका लागि आजबाट धरहरा खुलेको छ । २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा ढलेको भीमसेन स्तम्भको छेउमै धरहरा बनेसँगै संविधान दिवसको दिन बिहीबार सर्वसाधारणका लागि खुला गरिएको हो । संविधान दिवसका अवसरमा आजदेखि अस्थायी रूपमा नवनिर्मित धरहरा सञ्चालनमा आउँदै छ ।
अहिलेका लागि धरहरा चढ्न कुनै शुल्क नलाग्ने सहरी विकास तथा भवन विभाग अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले जनाएको छ । त्यसको पूर्वसन्ध्यामा नेपाल सरकारका मन्त्रीहरूसहित सरकारी अधिकारीहरूले बुधबार धरहराको अवलोकन गरेका छन् ।
त्यसक्रममा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले धरहरा सञ्चालनको कार्यविधि बनेपछि पूर्णरूपमा सञ्चालनमा आउने बताए । अहिलेलाई एक दिनमा अधिकतम ५०० सर्वसाधारणले निःशुल्क धरहरा चढ्न पाउने व्यवस्था गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय चर्चित गायक सोनु निगम नेपालमा [ फोटो फिचर ]
पुष १०, २०८१ बुधबार
क्रिसमस इभमा झुमिएको ठमेल [ फोटो फिचर ]
पुष १०, २०८१ बुधबार
आजबाट पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु [ फोटो फिचर ]
पुष ९, २०८१ मंगलबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार