प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतको सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय
नेपालबहस संवाददाता
असोज ३, २०८१ बिहिबार १२:२९:५०
३ असोज, काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस भएका प्रकाशमानसिंह राउत र दुई देशका लागि सरकारले सिफारिस गरेका राजदूतको सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय गरेको छ ।
संसदीय सुनुवाइ समितिको बिहीबारको बैठकले संवैधानिक परिषदबाट नेपालको प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमानसिंह राउत, अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादव र बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको संसदीय सुनुवाइ सुरु गर्न उजुरी आह्वान गर्ने भएको हो ।
समिति सभापति ईश्वरीदेवी न्यौपानेले प्रधानन्यायाधीश र दुई देशका लागि राजदूतहरूको सम्बन्धमा सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय भएको जानकारी दिइन् । संवैधानिक परिषदले भदौ ३१ मा नेपालको प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषदका फरक–फरक बैठकले यादवलाई अस्ट्रेलिया र लम्साललाई बेल्जियमका लागि राजदूत सिफारिस गरेको थियो । १० दिनको समय दिएर सार्वजनिक उजुरी प्रकाशन हुनेछ । त्यसपछि थप सुनुवाइ प्रक्रिया अगाडि बढ्नेछ ।
परराष्ट्र सचिव लम्साललाई मन्त्रिपरिषद्को साउन ३१ को बैठकले बेल्जियमका लागि राजदूतमा सिफारिस गरेको थियो भने यादवलाई भदौ २४ को मन्त्रिपरिषद् बैठकले अस्ट्रेलियाका लागि राजदूतमा सिफारिसको निर्णय गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार