संविधानको मर्मलाई राजनीतिक दलले आत्मसात गरेर अघि बढ्नुपर्छः प्रदेश प्रमुख देवकोटा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असोज ३, २०८१ बिहिबार १३:२:३४
![](https://nepalbahas.prixacdn.net/media/albums/dipak-devkota_jTPJfLlEBO_u2MFblKlRZ.jpg)
३ असोज, मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले गणतान्त्रिक संसदीय व्यवस्थालाई दिगो एवं जनतालाई आर्थिक र विकासको पूर्वाधारमा जोड्न सके मात्र प्रजातन्त्रणको भविष्यमाथि प्रश्न नउठ्ने बताए ।
बागमती प्रदेश, संविधान दिवस मूल समारोह समितिद्वारा आज हेटौँडामा आयोजित कार्यक्रममा उनले संविधानको मर्म र भावनालाई सबै राजनीतिक दलले आत्मसात गरेर अघि बढ्नुपर्ने खाँचो औंल्याए ।
प्रदेश प्रमुख देवकोटाले प्रमुख राजनीतिक दलले आ–आफ्नो स्वार्थलाई त्यागेर देश र जनताप्रति जवाफदेही बन्नुपर्ने जनाउँदै प्रदेश सरकारले पनि सुशासनको प्रत्याभूमि गर्नुका साथै भ्रष्टाचार नियन्त्रणको लागि एकजुट हुनुपर्ने सुझाव दिए ।
उनले अहिले जनता राजनीतिक परिवर्तनको खोजीमा नरहेको स्पष्ट पार्दै सङ्घीय सरकार र प्रदेश सरकारले आपसमा सहकार्य गरेर प्रजातन्त्रलाई संस्थागत सुदृढीकरणको लागि काम गर्नुपर्ने औंल्याए ।
उक्त अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले मुलुकलाई आर्थिक समृद्धि, विकासको पूर्वाधार र पर्यटन क्षेत्रको स्तोरोन्नतीको लागि सङ्घीय सरकारले प्रदेश सरकारलाई सहयोग पुर्याउनुपर्छ भने ।
उनले प्रदेशको १३ वटै जिल्लाका जनतालाई भौतिक पूर्वाधारको विकाससँगै स्वास्थ्य उपचारको साथै कृषि उत्पादनका लागि पनि सरकारले निष्पक्ष ढङ्गबाट बजेट विनियोजित गरिएको उल्लेख गरे ।
मुख्यमन्त्री लामाले प्रदेशमा पटक–पटक सरकारको नेतृत्व परिवर्तन भइरहने प्रक्रियाले पनि जनतामा निराशा छाएको उल्लेख गरे । उनले अब प्रदेश सरकारले यसै चालु आर्थिक वर्षको असोज महिनाको दोस्रो हप्तादेखि राष्ट्रिय गौरवको आयोजना, विकासको पूर्वाधार कार्यान्वयन गर्ने प्रकृया सुरु भइसकेको जानकारी दिए ।
उनले राजनीतिक दलले आफ्नो स्वार्थको लागि सरकार परिवर्तन गर्ने खेलतर्फ आकर्षित नभई गणतान्त्रिक व्यवस्थालाई सुदृढिकरण गर्नेतर्फ एक ढिक्का भई अघि बढ्न सकिएमा प्रजातन्त्रको भविष्य उज्वल हुने विश्वास व्यक्त गरे ।
पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले संविधानको संरचनाअनुसार प्रदेशको संरचनामा शुन्यबाट सुरु हुँदाको अवस्था र अहिले निकै परिवर्तन ल्याइसकेको छ भने । उनले अहिले प्रजातन्त्रको विकल्प खोज्ने प्रवृत्तिलाई निरुत्साहित गर्न दलले आपसमा मनमुटाब होइन, आपसमा समन्वय र सहकार्यको आवश्यकता रहेको उल्लेख गरे ।
सो अवसरमा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले संविधानको मर्मअनुसार संसदीय व्यवस्थालाई अझ गतिशील तुल्याउन प्रदेश सरकारले आफ्नो कार्यसम्पादनलाई इमान्दरीपूर्वक कार्य गर्दै आएका छ भने । उनले जनतालाई मानवअधिकारी शान्तिसुरक्षा एवं विकासको पूर्वाधारलाई जोड्ने कार्यमा सरकार र प्रदेश सभाबीच सन्तुलन हुनुपर्ने उल्लेख गरे ।
संविधान दिवस समारोह मनाउन आज हेटौँडास्थित भुटनदेवी माविको प्राङ्गनबाट निस्किएको ¥यालीले हेटौँडा नगरको परिक्रममा गरी मुख्यमन्त्री कार्यालयको परिसरमा पुगेपछि समारोहमा परिणत भएको थियो ।
उक्त पैदल ¥यालीका प्रदेशका मुख्यमन्त्री लामा, मन्त्री विभिन्न मन्त्रालयका सचिव, मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल, विभिन्न कार्यालय प्रमुख, सेना, प्रहरीका उच्च अधिकृतको साथै नेपाली सेना र प्रहरीको न्यौली बाँजा र झाँकी सहभागी थिए ।
सो अवसरमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले राष्ट्रिय झण्डोतोलन गरेको थियो । यस अवसरमा नेवारी, तामाङ र पञ्चेबाजासमूह सांस्कृतिक झलक प्रस्तुत गरिएको थियो ।
राष्ट्रिय झण्डा फहर्याइयो
संविधान दिवसको उपलक्ष्यमा गठित बागमती प्रदेश संविधान दिवस मूल समारोह समितिद्वारा हेटौँडास्थित बुद्धचोक र हटौँडा–११ थानाभर्याङस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा बागमती प्रदेशका आर्थिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले राष्ट्रिय झण्डा फहर्याउने कार्यक्रमको आज शुभारम्भ गरे ।
मन्त्री लामिछानेले संविधान दिवसको उपलक्ष्यमा नारायणी यातायात व्यवसायी सङ्घद्वारा सञ्चालित विभिन्न प्रकारका सवारीसाधनमा आज यहाँ राष्ट्रिय झण्डा फहर्याउनु भएको थियो ।
उनले मुलुकमा संविधानको मर्मअनुसार सबै राजनीतिक दलले जनताप्रति केन्द्रित रहेर विकासको लागि राजनीतिक गरिँदा संसदीय प्रजातन्त्रको भविष्य उज्वल हुने बताए ।
उनले गणतान्त्रिक संसदीय प्रजातन्त्रको विकल्प आम जनताले नचाहेको जनाउँदै ती समूहले जनमतको इच्छालाई बुझ्ने प्रयास गर्नुपर्छ भने । नारायणी व्यवसाय सङ्घका अध्यक्ष हिरालाल श्रेष्ठले प्रदेशको १३ वटै जिल्लामा सञ्चालित बस, मिनी, ट्याक्टर, ट्रक र बाईकमा राष्ट्रिय झण्डा सजावट गरी यातायात सञ्चालन गरिरहेको बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशसभाः विधेयक छलफलका लागि समितिमा पठाइयो
माघ २६, २०८१ शनिबार
बागमती प्रदेशसभा : अत्यावश्यक योजना समयमै निर्माण गर्न माग
माघ २४, २०८१ बिहिबार
बागमती प्रदेशसभाको बैठक : चार विधेयक प्रस्तुत
माघ २३, २०८१ बुधबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
नेपालबहस संवाददाता
फागुन १, २०८१ बिहिबार
कामपाद्वारा ५२ हजार ७४० जनालाई निःशुल्क कानुनी सेवा प्रदान
फागुन ३, २०८१ शनिबार
फिलिपिन्सको क्वेजोन नगरमा डेङ्गुको प्रकोप फैलियो
फागुन ३, २०८१ शनिबार
म्यानमामा साइबर अपराधमा तीव्र वृद्धि, २९ जना पक्राउ
फागुन ३, २०८१ शनिबार
गोरखाको सामागाउँलगायत क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
फागुन ३, २०८१ शनिबार
पर्वतमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, एक घाइते
फागुन ३, २०८१ शनिबार
कामपाद्वारा ५२ हजार ७४० जनालाई निःशुल्क कानुनी सेवा प्रदान
फागुन ३, २०८१ शनिबार
फिलिपिन्सको क्वेजोन नगरमा डेङ्गुको प्रकोप फैलियो
फागुन ३, २०८१ शनिबार
म्यानमामा साइबर अपराधमा तीव्र वृद्धि, २९ जना पक्राउ
फागुन ३, २०८१ शनिबार
गोरखाको सामागाउँलगायत क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
फागुन ३, २०८१ शनिबार
पर्वतमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, एक घाइते
फागुन ३, २०८१ शनिबार
कामपाद्वारा ५२ हजार ७४० जनालाई निःशुल्क कानुनी सेवा प्रदान
फागुन ३, २०८१ शनिबार
फिलिपिन्सको क्वेजोन नगरमा डेङ्गुको प्रकोप फैलियो
फागुन ३, २०८१ शनिबार
म्यानमामा साइबर अपराधमा तीव्र वृद्धि, २९ जना पक्राउ
फागुन ३, २०८१ शनिबार