बेलायतमा स्नातकोत्तर तह अध्ययन गर्न १३ नेपालीलाई छात्रवृत्ति
नेपालबहस संवाददाता
असोज ३, २०८१ बिहिबार १३:४३:७
३ असोज, काठमाडौं । संयुक्त अधिराज्यको यहाँस्थित राजदूतावासले यस वर्ष बेलायतका विश्वविद्यालयहरूमा पूर्ण अनुदान प्राप्त स्नातकोत्तर तह अध्ययन गर्ने १३ नेपाली (६ पुरुष/सात महिला) लाई बिदाइ गरेको छ ।
बुधबार नेपालका लागि बेलायती राजदूत रोब फेनले यस वर्षको समूहलाई बिदाइ गर्ने र गत वर्षको समूहलाई पुनरागमन गर्ने कार्यक्रममा स्वागत गर्दै आफ्नो देशले यस्तो सहयोग गर्न पाउँदा गर्व महसुस भएको बताए ।
उनले भने, “पूर्ण छात्रवृत्ति प्राप्त विद्वानहरूले नेपालका उत्कृष्ट मध्ये केहीलाई प्रतिनिधित्व गर्छन् र बेलायतले उनीहरूलाई महत्वपूर्ण सम्बन्धहरू निर्माण गर्न सहयोग गर्न पाउँदा गर्व छ । ब्रिटिस विश्वविद्यालयहरूमा आफ्नो समयदेखिको सीप, ज्ञान र मित्रताका साथ यहाँ परिवर्तन गर्दै आएका धेरै पूर्वविद्यार्थीहरू देख्न पाउनु पनि खुसीको कुरा हो ।”
छात्रवृत्ति प्राप्तकर्ताहरुले अन्तर्राष्ट्रिय मानव अधिकार कानुनदेखि लिएर उड्डयन डिजिटल प्रविधि, विश्वव्यापी स्वास्थ्य नीतिदेखि बालबालिका युवा र अन्तर्राष्ट्रिय विकाससम्मका विभिन्न विषयहरू अध्ययन गर्नेछन् ।
नेपालमा सन् १९८३ मा उक्त चेभेनिङ छात्रवृत्ति कार्यक्रम ज्ञानेन्द्रधर प्रधानाङ्ग (म्यानचेस्टर विश्वविद्यालय) र रामकृष्ण प्रसाईं (रिडिङ विश्वविद्यालय) का साथमा सुरु भएको थियो । यस वर्षसहित कुल २६२ नेपालीले अहिलेसम्म प्रतिष्ठित छात्रवृत्ति प्राप्त गरिसकेका छन् ।
पूर्व विद्यार्थीहरूले नेपालमा राजनीतिदेखि व्यापार, शिक्षादेखि कूटनीतिलगायत विभिन्न क्षेत्रमा सेवा गरिरहेका छन् । बेलायती विदेश सचिवको आधिकारिक निवासका नाममा राखिएको यस छात्रवृत्तिमार्फत विश्वभरका ५० हजारभन्दा बढी व्यक्तिहरूले बेलायतमा अध्ययन गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णाली स्वास्थ्य विज्ञानबाट ५८ जना विद्यार्थी दीक्षित हुँदै
कात्तिक २७, २०८१ मंगलबार
सरकारले सिकलसेलको औषधि ल्याएर वितरण गर्छ: प्रधानमन्त्री
कात्तिक २६, २०८१ सोमबार
दिल्लीस्थित नेपाली दूतावासले भन्यो, भारतको बाटो भएर विदेश जाने नेपालीलाई एनओसी चाहिन्न
कात्तिक २६, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
मंसिर ५, २०८१ बुधबार
सहारा सहकारी ठगीमा संलग्न भएको भन्दै रवि लामिछानेविरुद्ध चितवनमा पनि पर्यो उजुरी
मंसिर ५, २०८१ बुधबार
गौतम अडानीमाथि लगाइएको आरोप अदानी समूहले खारेज गर्यो, भन्यो– यी आरोप निराधार छन्
मंसिर ६, २०८१ बिहिबार
बेलायतका पूर्व उपप्रधानमन्त्री जोन प्रेस्कटको निधन
मंसिर ६, २०८१ बिहिबार
अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
तोकिए भन्दा बढी रकम लिने मेडिकल कलेजसँग स्वास्थ्य मन्त्रालयले माग्यो शुल्क विवरण
मंसिर ६, २०८१ बिहिबार
रूसद्वारा युक्रेनमा अन्तरमहाद्वीपीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार
मंसिर ६, २०८१ बिहिबार
कर्नाटकालाई ७ विकेटले पराजित गर्दै नेपाली यू-१९ क्रिकेट टिमले जित्यो सिरिज
मंसिर ६, २०८१ बिहिबार