जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु

नेपालबहस संवाददाता
असोज ३, २०८१ बिहिबार १४:२:५०

३ असोज, काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको आज दोस्रो दिन पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा भर्खरै बैठक सुरु भएको छ ।
गत साउन २७ गतेदेखि ३० गते सम्पन्न भएको केन्द्रीय समिति बैठकपछि पूर्णताः पाएको यो कार्यकारिणी समितिको प्रथम बैठक हो । ३४ सदस्यीय यो बैठक भोलि शुक्रबार सम्पन्न हुनेछ ।
बैठकले नेतृत्व एवं कार्यकारिणी समितिको जिम्मेवारी निर्धारण गर्नुका साथै केन्द्रीय विभागहरू गठन, केन्द्रीय सचिवालय गठन, केन्द्रीय कार्यालय समिति गठन, प्रदेश स्तरीय अभियान परिचालन, अनुगमनर निरिक्षण गर्नेछ ।
त्यस्तैगरी, हाल जारी रहेको जनतासँग जसपा नेपाल अभियानको समीक्षा र यसको प्रभावकारिता, पेशागत एवं भातृ संगठनहरुको परिचालन, अनुगमन, निरीक्षण र समन्वय लगायत बैठकको मुख्य एजेन्डा रहेको बताइएको छ ।
जसपा नेपालको कार्यकारिणी समिति र केन्द्रीय समितिले पूर्णतः पाइसकेको छ । गत जेष्ठमा जनकपुरमा सम्पन्न महाधिवेशनले पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई कार्यकारिणी समिति र केन्द्रीय समिति मनोनयन गर्ने जिम्मेवारी दिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखानेपानीमन्त्री प्रदीप यादव नयाँ दिल्लीमा
फागुन १७, २०८१ शनिबार
विधानले तोकेको समयभित्रै पार्टीको महाधिवेशन सम्पन्न गर्नुपर्छ : नेता कोइराला
फागुन १७, २०८१ शनिबार
संसदमा राजनीतिक दलसम्बन्धी विधेयक पेश हुँदै, साना दल विभाजनको चेपुवामा !
फागुन १७, २०८१ शनिबार
राजा ज्ञानेन्द्रको अभिव्यक्तिले राप्रपामा उत्साहः दलहरुमा अघोषित एकता
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
शुक्रबार बिहानै काठमाडौंमा ६.१ म्याग्निच्यूडको भूकम्प
नेपालबहस संवाददाता
फागुन १५, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा भूकम्पमा भाग्दा एक कैदी घाइते
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
रुपन्देहीको मायादेवीमा गोली प्रहार गरी युवाको हत्या
फागुन १७, २०८१ शनिबार
अन्तर्राष्ट्रिय सहयोगको भविष्य : अमेरिका पछि हट्दा चीन अघि सर्ला ?
फागुन १७, २०८१ शनिबार
लागूऔषध विरुद्धको महाअभियान सुरु
फागुन १७, २०८१ शनिबार
खानेपानीमन्त्री प्रदीप यादव नयाँ दिल्लीमा
फागुन १७, २०८१ शनिबार
महिलालाई मादल बजाउने तालिम दिँदै पर्वतका स्थानीय तह
फागुन १७, २०८१ शनिबार
मकवानपुरमा गैंडाको आक्रमणबाट एक घाइते
फागुन १७, २०८१ शनिबार
दोस्रो वीरगञ्ज गोल्डकपको उद्घाटन खेलमा वीरगञ्ज युनाइटेडको विजयी सुरुआत
फागुन १७, २०८१ शनिबार
विधानले तोकेको समयभित्रै पार्टीको महाधिवेशन सम्पन्न गर्नुपर्छ : नेता कोइराला
फागुन १७, २०८१ शनिबार