‘संविधानको अक्षरश : पालनाबाट नागरिक अधिकार सुनिश्चित’
नेपालबहस संवाददाता
असोज ३, २०८१ बिहिबार १४:१९:५१
३ असोज, कर्णाली । कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले संविधानको अक्षरश : पालना हुन सकेमात्र नागरिक अधिकार सुनिश्चित हुने बताएका छन् ।
संविधान तथा राष्ट्रिय दिवसको अवसरमा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख जोशीले सङ्घीय, समानुपातिक, धर्मनिरपेक्ष र समावेशी विशेषता बोकेको नेपालको संविधान कार्यान्वयनका लागि राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी र नेपाली जनता एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
उनले भने, “संविधानमा उल्लेख गरिएका कुरा सबै कार्यान्वयन भएका छैनन् भन्नु अहिले नै उपयुक्त नहोला ।” प्रदेश प्रमुख जोशीले यो व्यवस्थाको प्रभावकारी कार्यान्वयनले मात्र जनताको अवस्था बदलिने जिकिर गरे ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले संविधान लेख्दा कालो अक्षर भएपनि जनताको रगतबाट लेखिएको संविधान भएको उल्लेख गरे । लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा कमी कमजोरी मात्र नभई विकल्प खोज्ने छुट रहेको उनले जनाए । यद्यपि यसको कार्यान्वयनमा तीन तहका सरकारको आपसी समन्वय हुनुपर्ने उनको भनाइ थियो ।
कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले संविधान नेपाली जनताको हकअधिकारका सर्वाङ्गीण क्षेत्रको दस्तावेज रहेको बताए । उनका अनुसार ऐतिहासिक उपलब्धिको रक्षा संविधानको परिपालनाबाट मात्र हुन्छ ।
नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका नेता राजकुमार शर्माले संविधानमा व्यवस्था गरिएका हकअधिकार लागु हुन सकेमात्र मुलुकको समृद्धि र विकास हुने बताए । “करिब तीन दर्जन हाराहारीमा मौलिक हक छन् र ती सबैको कानुन बनेको छैन,” उनले भने, “एकल तथा साझा सूचीका अधिकारअनुसार जान कन्जुस्याइँ गर्दा संविधान र सङ्घीयता कार्यान्वयनमा चुनौती थपिएको छ ।”
कर्णाली प्रदेश सरकारका प्रमुख सचिव चूडामणि पौडेलले संविधान र सङ्घीयताको प्रभावकारी कार्यान्वयनबाट मात्र मुलुकसहित नागरिकको हित हुने बताए । अहिलेको अवस्थाबाट माथि उठेर सबै तह, निकाय अर्थात् क्षेत्रले आ–आफ्नो जिम्मेवारी र दायित्व पुरा गरे सुशासन कायम हुने एवं संविधानअनुसार अपेक्षित गन्तव्यमा पुग्न सकिने प्रमुख सचिव पौडेलको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदलित सशक्तिकरण विधेयक छिट्टै पारित हुन्छः मुख्यमन्त्री कँडेल
पुष २, २०८१ मंगलबार
कर्णाली समृद्धिको आधार बन्दै सडक, स्याउ र जडीबुटीले पाउन थाल्यो बजार
मंसिर ३०, २०८१ आइतबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
एमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
थोरै सङ्ख्यामा पशु पालेरै मासिक एक लाख बढी आम्दानी
पुष ७, २०८१ आइतबार
प्रिमियर लिगमा सिटीको हारको अर्को कीर्तिमान
पुष ७, २०८१ आइतबार
ला लिगामा बार्सिलोना एट्लेटिको म्याड्रिडसँग पराजित
पुष ७, २०८१ आइतबार