अन्नपूर्ण न्यूरोलाई महानगरको ७ दिनको अल्टिमेटम
नेपालबहस संवाददाता
असोज ३, २०८१ बिहिबार १७:५८:४०
३ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरलाई हानीकारक फोहर व्यवस्थापनमा अहिलेको अवस्थालाई सुधार गर्न ७ दिनको समय दिएको छ ।
वातावरण व्यवस्थापन विभागको नेतृत्वमा स्वास्थ्य विभाग, महानगर प्रहरी बलसहितको अनुगमन टोलीले फोहर उत्पादन स्थल, उत्पादन हुँदा वर्गीकरण, फोहर जम्मा गर्ने, जम्मा भएको फोहर संकलन केन्द्रसम्म ढुवानी, निर्मलीकरण र अन्तिम व्यवस्थापनमा हानीकारक फोहरको अवस्था हेरेको थियो ।
महानगरपालिकाले फोहर व्यवस्थापन अवस्था हेरेको यो तेस्रो वर्ष हो । दोस्रो वर्षपछि महानगरपालिकाले स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखासँगको समन्वयमा समस्या देखिएका अस्पतालहरूबाट फोहर व्यवस्थापनका फोकल पर्सनहरुलाई जम्मा गराएर तालिम पनि दिएको थियो । यस तालिममा अन्नपूर्ण न्यूरो अस्पतालबाट २ जनाले भाग लिएका थिए । यससँगै हरेक पटक सुधारको अवसर प्रदान गरिँदै आएको छ । यसरी दिइएको निर्देशनबाट सामान्य सुधार आएको छ । तर, अस्पतालको दायित्वमा जति काम पर्छन् । त्यो भने हुन सकेको छैन ।
अस्पतालले फोहर व्यवस्थापनका लागि आफ्नो कार्ययोजना बनाएको पाइएन । आकस्मिक कक्ष, शल्यक्रिया कक्ष, वार्ड, प्रयोगशालासहितका स्थानमा हेर्दा फोहर वर्गीकरणमा एकरूपता देखिएन । बिनको रङ् संकेत फरक थियो । सर्वसाधारणले कुन बिनमा कुन फोहर राख्ने भन्ने जान्न हानी कारक फोहर निर्मलीकरण गर्ने प्रविधि जडान गरिएको छ, यो प्रविधिबाट निर्मलीकरण भएको फोहर जोखिममुक्त भयो कि भएन भनेर भन्न सक्ने अवस्था देखिएन । विक्री योग्य फोहर राखिएको ठाउँमा कालो प्लाष्टिकमा पोको बनाइएको फोहर थियो । यससँगै पानी बगिरहेको थियो । सबैभन्दा महत्वपूर्ण कुरा भनेको, फोहर संकलन केन्द्र भूमिगत तलामा छ । भूमिगत तला पार्किङ् प्रयोजनका लागि हो ।
यो अवस्था देखिसकेपछि अनुगमन टोलीले हानीकारक फोहरलाई सामान्य फोहरमा मिसिनबाट रोक्न, संक्रमित फोहर निर्मलीकरणको प्रबन्धमा सामान्य फोहर हटाउन, अस्पताल सञ्चालन अनुमति लिँदा पेश गरिएको क्षेत्र विभाजन सम्बन्धी कागजपत्र पेश गर्न निर्देशन दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन्न वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने
असोज ३, २०८१ बिहिबार
भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण
असोज ३, २०८१ बिहिबार
बैतडीमा भाइरल ज्वरोका बिरामी बढे
असोज २, २०८१ बुधबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार