समयसापेक्ष संशोधनले नै संविधानले दीर्घ जीवन प्राप्त गर्छ : महामन्त्री शर्मा
नेपालबहस संवाददाता
असोज ३, २०८१ बिहिबार १८:५८:४
३ असोज, पाटन (ललितपुर) । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समयसापेक्ष संशोधनले नै संविधानले दीर्घजीवन प्राप्त गर्ने बताएका छन् । नेपाली कांग्रेसको पेसागत तथा वुद्धिजीवी विभाग र नेपाल डेमोक्रेटिक लयर्स एशोशिएसनद्वारा आज कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘संविधान संशोधन : आवश्यकता र चुनौती’ विषयक छलफल कार्यक्रममा महामन्त्री शर्माले संविधानको सफलताका लागि सफल कार्यान्वयन, समयानुकूल परिमार्जन, संविधान अनुकूलको रुप प्रवृत्तिको विकास र व्यवस्था परिवर्तनमार्फत अवस्था रुपान्तरणको विषय महत्वपूर्ण भएको बताए ।
“आवश्यकताअनुसार संविधान संशोधनको विषय दशकौँसम्म चलिरहन्छ, बदलिएको नागरिकको आवश्यकताअनुसार त्यस बेला रुपान्तरण गर्दै लैजानुपर्छ, सङ्घीयता, समानुपातिक समावेशीको जगमा अडिएर संविधान संशोधन गर्दै गर्दा यसलाई अझ बलियो बनाउने काम हुन्छ, कांग्रेस जिम्मेवार दलका रुपमा प्रतिबद्ध छ”, महामन्त्री शर्माले भने ।
हरेक दलका विमतीबीच संविधान संशोधन गर्नु चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उहाँले संशोधनका विषयमा सबै दलबीच भएको सहमतिका बुँदा पहिचान गर्न सक्नुपर्ने बताए । संशोधनले दीर्घजीवन प्राप्त गर्ने भन्दै महामन्त्री शर्माले कांग्रेस बदलिँदो परिस्थितिअनुसार संविधान संशोधन गर्न संयम भएर लाग्ने बताए ।
“संविधान संशोधनमा एमाले र माओवादी केन्द्रलाई सँगसँगै लिएर जानुपर्छ, माओवादी केन्द्रसहितको सहकार्य जरुरी छ, उसले उठाएका मुद्दालाई सम्बोधन गर्नुपर्छ, माओवादी केन्द्रले आवेगमुक्त भएर संशोधनमा सहयोग गर्नुपर्छ”, उनले भने।
महामन्त्री शर्माले अहिले प्रदेशका मुख्यमन्त्रीहरुले आसन पायौँ, शासन पाएनौँ भन्ने गरेका उल्लेख गर्दै त्यसलाई सम्बोधन गर्दै संविधान कार्यान्वयन गर्न झण्डै तीन दर्जन कानुन बनाउन बाँकी रहेको अवस्थामा संविधान संशोधनको मुद्दा अगाडि बढिरहेको बताए । संविधानका कमजोरीलाई केलाएर सुधार नगर्ने हो भने संशोधनको कुनै औचित्य नहुने उनको भनाइ थियो । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डा डिला सङ्ग्रौला, संविधानविद्द्वय राधेश्याम अधिकारी र विपिन अधिकारीलगायतले आ–आफ्नो धारणा राखेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ऐन, कानुनमा नमिलेका विषय मिलाउन अध्यादेश: मन्त्री अधिकारी
पुष १२, २०८१ शुक्रबार
स्वदेशी वस्तुको प्रयोग वृद्धि र ऋग्ण उद्योग सञ्चालनबारे प्रधानमन्त्रीलाई ब्रिफिङ
पुष १२, २०८१ शुक्रबार
नेपालको प्रजातान्त्रिक आन्दोलनमा कैनीको भूमिका महत्त्वपूर्ण: स्वास्थ्यमन्त्री पौडेल
पुष १२, २०८१ शुक्रबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा
पुष १३, २०८१ शनिबार
तनहुँ जलविद्युत् आयोजनाद्वारा ९७ परिवारलाई क्षतिपूर्ति वितरण
पुष १३, २०८१ शनिबार
सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न कामपाको पत्राचार
पुष १३, २०८१ शनिबार
ग्रामीण क्षेत्रमा केन्द्रीय प्रसारण लाइन विस्तार गरिँदै
पुष १३, २०८१ शनिबार
१३ दिनमा पश्चिम नेपालमा ७ पटक भूकम्पको पराकम्प
पुष १३, २०८१ शनिबार
कर्णाली नदीमा डोजर पल्टिँदा सहचालक बेपत्ता, चालकको उद्धार
पुष १३, २०८१ शनिबार