फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो
नेपालबहस संवाददाता
असोज ३, २०८१ बिहिबार १९:३२:२७
३ असोज, काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६ औँ स्थानमा झरेको हो । यसअघि नेपाल १७५ औँ स्थानमा थियो ।
दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत दुई स्थान तल झर्दै १२६औँ स्थानमा पुगेको छ भने दोस्रो स्थानमा रहेको माल्दिभ्स १६३औँ स्थानमा छ । त्यसैगरी दुई स्थान तल झर्दै भुटान १८४औँ स्थानमा छ भने दुई स्थान तल झरेर बंगलादेश १८६औँ स्थानमा पुगेको छ । त्यसै गरि पाकिस्तान १९७औँ स्थानमा र पाँच स्थान सुधार गर्दै श्रीलंका २००औँ स्थानमा छ ।
फिफा वरीयताको शीर्ष स्थानमा भने अर्जेन्टिना कायमै रहेको छ । फिफा वरियताको शिर्ष १० स्थानमा कुनै परिवर्तन भएको छैन । जसमा दोस्रोमा फ्रान्स, तेस्रोमा स्पेन, चौथोमा ईङल्याण्ड, पाँचौंमा ब्राजिल, छैटौंमा बेल्जियम, सातौंमा नेदरल्याण्डस, आठौमा पोर्चुगल, नवौंमा कोलोम्बिया र दशौँमा इटाली रहेका छन् । एशियाबाट जापानले २ स्थान सुधार गर्दै १६औं स्थानमा उक्लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबंगलादेशविरुद्धको टेस्टमा आर आश्विनको शतक
असोज ३, २०८१ बिहिबार
स्टेफानो पिओली बने अल नासरको मुख्य प्रशिक्षक
असोज ३, २०८१ बिहिबार
म्यानचेस्टर सिटी इन्टर मिलानसँग बराबरीमा रोकियो
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार