‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’
नेपालबहस संवाददाता
असोज ३, २०८१ बिहिबार २०:५५:४८
३ असोज, काठमाडौं । संविधानविद् नीलाम्बर आचार्यले संविधान संशोधन गर्नुअघि व्यापक समीक्षा जरुरी रहेको बताएका छन् । नेपाल रेडियो नेटवर्कको आठौँ वार्षिकोत्सव र संविधानको नवौँ वर्षका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले लोकतन्त्रलाई थप समृद्ध बनाउन संविधान संशोधन आवश्यकता रहेको समेत उल्लेख गरे । “मुलुकको समृद्धिका लागि राजनीतिक स्थायित्व जरुरी छ र त्यसका लागि संविधान संशोधन राम्रो आधार हुनसक्छ”, उनले भने ।
त्यस अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले संविधान संशोधन समावेशीसम्बन्धी व्यवस्था हटाउनका लागि नभएको प्रष्ट पारे। “संविधानलाई समयानुकूल बनाउन संशोधन अनिवार्य छ”, उहाँले भन्नुभयो, “जनता चाहनाअनुरुप राष्ट्रिय सहमतिमा नै संशोधन हुन्छ ।” पूर्वमन्त्री एवं नेकपा (एमाले)का सचिव पद्माकुमारी अर्यालले विगतको अनुभव, वर्तमान सन्दर्भ र भविष्यको आवश्यकताका आधारमा संविधान संशोधन हुने बताए ।
प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले प्रदेश मन्त्रीको सङ्ख्या बढाउने र कार्यकर्तालाई रोजागर दिने थलोका रुपमा प्रयोग भएको उल्लेख गर्दै त्यसमा सुधारको खाँचो औँल्याए । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले संविधान संशोधन गर्न सकिने दस्तावेज भएको उल्लेख गर्दै संशोधन विधि र प्रक्रिया संविधान अनुकूल नै हुनुपर्नेमा जोड दिए । उनले संविधान संशोधन सबैको साझा सहमतिमा हुनुपर्ने उल्लेख गरे।
अधिवक्ता टीकाराम भट्टराईले जनताले निर्माण गरेको संविधानमा सीमान्तकृत समुदायलाई समेत समेट्नका लागि संशोधन जरुरी रहेको बताए । त्यस अवसरमा नेपाली कांग्रेसका नेता डा चन्द्र भण्डारी, उमेश श्रेष्ठ र अजयबाबु शिवाकोटीलगायतले संविधान संशोधनमा व्यापक र बहस र छलफल गरी साझा धारणा बनाउनुपर्नेमा जोड दिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
भीम रावल एमालेबाट निष्कासित, विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई ६ महिना निलम्बन
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ११, २०८१ बिहिबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार