इतिहासमा कसैले कल्पना नगरेको काम गरिएको छ : प्रधानमन्त्री ओली
इन्द्र रिजाल
बैशाख १८, २०७६ बिहिबार १:४५:०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासमा कसैले कल्पना नगरेको काम अहिलेको सरकारले गरेको दाबी गरेका छन् ।
मजदुर दिवसको अवसरमा संयुक्त ट्रेड युनियन संघले काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले विगतका सरकारले कल्पना नगरेको काम भएको बताए ।
उनले मुलुक नयाँ प्रणालीमा गएकाले केही समस्या भएको बताए । सरकारले राम्रो काम गर्न थालेपछि राजपाले समर्थन फिर्ता लिएको आरोप लगाउदै प्रधानमन्त्री ओलीले समर्थन फिर्ता गर्ने नभई समर्थन गर्न आग्रह गरे ।
प्रधानमन्त्री ओलीले रोजगारदाता र श्रमिकको सहमतिमै ल्याइएको न्यूनतम तलब र सामाजिक सुरक्षालाई व्यवहारमै लागु गराउन सरकार प्रतिबद्ध रहेको पनि बताए । सरकारले रोजगारको ग्यारेन्टी गरेको भन्दै उनले वर्षमा सय दिनको रोजगार ग्यारेन्टी गरेको स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले नेपाल औद्योगिक शान्तिको लागि विश्वमै नमुनाको देशको रुपमा अगाडि बढिरहेको दाबी गरे ।त्यस्तै नेकपा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले यसपटक श्रमिकमैत्री बजेट ल्याईने बताए ।
उनले बिगतको कमि र समिक्षा गर्दे सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउने पनि स्पष्ट पारे । उनले चूनावका बेला पार्टीले गरेको प्रतिवद्धतापनि सरकारले क्रमश पुरा गर्दे जाने धारणा राखे ।
कार्यक्रममा कांग्रेसका उपसभापति विमेलेन्द्र निधिले विपक्षीलाई देखाएर प्रधानमन्त्रीले बालुवाटार प्रकरणमा आफ्ना मान्छे जोगाउन लागिपरेको आरोप लगाए । निधिले पत्रकारहरूसँग पनि आक्रोश पोखे ।
विशेष गरेर योगदानमा आधारित सामाजिक सुरक्षा कोष कांग्रेस नेतृत्वको सरकारले ल्याएको तर प्रधानमन्त्री केपी ओलीले वर्तमान सरकारले शुरु गरेको भनेर झुठो प्रचार गरेको बताए ।
त्यस्तै राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महत्ताले ‘सुखी नेपाली समृद्ध नेपाल’ नारा लगाएर मात्रै देश समृद्ध नहुने बताए । महतोले नेपाली श्रमिकले विदेश बनाइरहँदा देश भने विकास हुन नसकेको धारणा पनि राखे ।
कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले यही एक वर्षमा सरकारले एक लाख पचार हजार रोजगारी सिर्जना गर्ने दाबी गरे । मजदुर नेताहरुले सरकारले तोकेको न्यूनतम् पारिश्रमिक कार्यान्वयन गर्न तत्काल ट्रेड युनियन ऐन परिमार्जन गर्नुपर्नेलगायतका माग गरेका थिए ।
कार्यक्रममा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका पूर्वअध्यक्षहरु मुकुन्द न्यौपाने, खिलानाथ दाहाल, विष्णु रिमाल र शालिकग्राम जमरकट्टेललाई सम्मान गरिएको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपअस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान
असोज ४, २०८१ शुक्रबार
अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौंमा
असोज ४, २०८१ शुक्रबार
७० जना उपसचिवसहित सामान्य प्रशासन मन्त्रालयद्वारा १२ सय माथि कर्मचारीको सरुवा
असोज ३, २०८१ बिहिबार
आधुनिक धरहरा खुलेको पहिलो दिन अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक
असोज ३, २०८१ बिहिबार
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान [ फोटो फिचर ]
असोज ४, २०८१ शुक्रबार
एक्सले प्रतिबन्धका बाबुजुद काम गर्न थालेपछि ब्राजिलमा हंगामा
असोज ४, २०८१ शुक्रबार
भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसो प्रयोग !
असोज ४, २०८१ शुक्रबार
सुडान घोटाला प्रकरणमा दोषी ठहर राणाको पेन्सनसम्बन्धी रिट शर्मा र सुवेदीको इजलासमा
असोज ४, २०८१ शुक्रबार
मनाङको तालगाउँमा खेलाडी र कलाकारले भरिभराउ
असोज ४, २०८१ शुक्रबार