बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
नेपालबहस संवाददाता
असोज ३, २०८१ बिहिबार २२:१३:४७
३ असोज, वीरगञ्ज (पर्सा) । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले पर्साका उद्योगी व्यवसायीलाई बागमती प्रदेशमा उद्योग तथा कारखाना विस्तार गर्न आग्रह गरेका छन् । वीरगञ्ज उद्योग वाणिज्य सङ्घद्वारा आज यहाँ आयोजित भेटघाट तथा छलफल कार्यक्रममा मन्त्री काफ्लेले बाग्मती प्रदेशमा लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकार तयार रहेको बताए ।
‘‘बागमती प्रदेशमा लगानी गर्न के कस्ता पूर्वाधार आवश्यक पर्छन् । त्यसका लागि गर्नुपर्ने सबै खालको सहजीकरण गर्न प्रदेश सरकार तयार छ’’, उनले भने, ‘‘बाग्मती प्रदेश सरकार उद्योग र कलकारखाना स्थापनाका लागि कानुनी र अन्य प्राविधिक रुपमा पनि सहजीकरण गरेर औद्योगिक लगानीको वातावरण बनाउन कटिबद्ध छ ।’’
मन्त्री काफ्लेले बागमती प्रदेश लगानीको प्रचुर सम्भावना बोकेको क्षेत्र भएकाले पनि सबै खालका सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे । ‘‘पर्साका उद्योगी व्यवसायीले भोग्नुपरेका समस्या र जटिलता चिर्न बाग्मती प्रदेश सरकार तयार छ’’, उनेले भने, ‘‘मधेश प्रदेशको अर्थ नीतिमा बाग्मती प्रदेशको तर्फबाट गर्न सक्ने सहजीकरण र समन्वय गर्न पनि तयार छौँ ।’’
मन्त्री काफ्लेले अहिले मुलुकमा देखिएको आर्थिक समस्यालाई सबैले एकजुट भएर समाधानको बाटोतर्फ अघि बढ्नुपर्ने बताए । ‘‘वीरगञ्ज भन्सार कार्यालयमा कम राजस्व सङ्कलन हुँदा त्यसको असर बागमती प्रदेशमा पनि पर्छ’’, उनले भने, ‘‘वीरगञ्ज आसपासको औद्योगिक क्षेत्रमा परेको समस्या समाधान गर्न आफ्नो ठाउँबाट पहलकदमी गर्छौँ ।’’
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले मुलुकमा देखिएको अर्थतन्त्रको समस्या समाधान गर्न सरकार र निजी क्षेत्र हातेमालो गरेर अघि बढ्नुपर्ने बताए । ‘‘अहिले मुलुकमा देखिएको आर्थिक मन्दीको कारणले जताततै निराशा छाइरहेको छ’’, उनले भने, ‘‘सरकार र निजी क्षेत्र हातेमालो गरेर अघि बढेको खण्डमा मात्रै अहिलेको समस्या अन्त्य गर्न सकिन्छ ।’’
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतमले सरकारले राजस्वको दर मात्रै नभएर दायरा बढाउनेतर्फ अग्रसर हुनुपर्ने बताए । ‘सरकारले राजस्वको दर मात्रै उठाएर राजस्व बढ्दैन’’, उनले भने, ‘‘राजस्वको दर घटाएर दायरा बढाउनेतर्फ अग्रसर हुन जरुरी छ ।’’
सङ्घका उपाध्यक्ष मनोज दासले बागमती प्रदेश सरकारले हटौँडा हुँदै काठमाडौँ जाने छोटा रुटका तीनवटै सडकलाई कालोपत्र गरेर व्यवस्थित गर्न जरुरी भएको बताए । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना सचिव कृष्ण मैनालीले निजी क्षेत्रले उठाएका जायज मागलाई सम्बोधन गर्दै अघि बढ्नुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंविधानको मर्मलाई राजनीतिक दलले आत्मसात गरेर अघि बढ्नुपर्छः प्रदेश प्रमुख देवकोटा
असोज ३, २०८१ बिहिबार
बागमती प्रदेशसभाको बैठक असोज ६ गते बस्ने
असोज १, २०८१ मंगलबार
खेलकुद क्षेत्रलाई राज्यले प्राथमिकतामा राख्नुपर्छ : मुख्यमन्त्री लामा
भदौ २९, २०८१ शनिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार