नेपाल विद्युत् प्राधिकरणको ६१ उद्योगलाई पत्र, कात्तिक ८ गतेभित्र बक्यौता रकम तिर्नू
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार ११:२:४८
४ असोज, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ६१ वटा उद्योगलाई डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता रकम कात्तिक ८ गतेभित्र तिर्न भन्दै पत्र पठाएको छ । प्राधिकरणका अनुसार भदौ २४ गते नै उद्योगीलाई कात्तिक ८ गतेसम्मको समय दिएर बक्यौता बुझाउन पत्र पठाइएको हो ।
प्राधिकरणले लाल आयोगको सिफारिस बमोजिम २०७२ माघदेखि २०७५ वैशाखसम्मको करिब ६ अर्ब ६० करोड रुपैयाँ बक्यौता १५ दिनभित्र बुझाउने गरी सम्बन्धित उद्योगलाई पत्र पठाएको थियो । अहिले पनि सोही अवधिको बक्यौता बुझाउन उद्योगलाई पत्र काटिएको हो । प्राधिकरणले २३९ औद्योगिक ग्राहकलाई डेडिकेटेड र ट्रंकलाइनको सुविधा दिएकामा १७८ ले बक्यौता तिरेका छन भने ६१ औद्योगिक ग्राहकहरूले मात्र बक्यौता तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।
यो बक्यौता ०७२ साउनदेखिको भए पनि विवाद ०७६ मा प्राधिकरणले छुट बिल पठाएपछि सुरु भएको हो । प्राधिकरण आर्थिक प्रशासन विनियमावली, ०६८, विद्युत् वितरण विनियमावली, २०६९ को विनियम २० र विद्युत् महसुल संकलन विनियमावली, ०७३ को विनियम ५ (१३) मा प्राधिकरणका उपभोक्ताहरूलाई बिलिङ गर्दा जुनसुकै कारणबाट छुट भएमा शोको जानकारी भएपश्चात् जुनसुकै समयमा छुट बिल गर्ने कानुनी व्यवस्था रहेको छ ।
लाइन काट्ने सम्बन्धमा प्राधिकरणले नियमन आयोगको सहमतिका लागि पनि पत्र पठाएको छ । प्राधिकरण र निजी उद्योगीबीच डेडिकेटेड फिडर तथा ट्रंक लाइनको विद्युत् महसुलको विवाद उत्कर्षमा पुगेपछि २०८० माघ २४ गते सरकारले आयोग गठन गरेको थियो । सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा गठित आयोगले करिब ३ महिना लगाएर प्रतिवेदन तयार गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार