संयुक्त राष्ट्रसंघको महासभामा भागलिन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान, मोदीसँगको वार्ता अनिश्चित
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार १२:१२:२७
४ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघ (यूएन) को ७९ औं महासभामा भाग लिन अहिले अमेरिका प्रस्थान गरेका छन् । नेपालबाट २२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी अमेरिका गएका हुन् ।
प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको महासभाको भ्रमणका क्रममा चार महत्वपूर्ण कार्यक्रममा सम्बोधन गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले 'समिट अफ द फ्युचर', ७९ औं महासभाको उच्चस्तरीय छलफल, ‘एन्टिमाइक्रोबियल रेसिस्सटेन्स’ को उच्चस्तरीय सत्र र ‘सी लेभल राइज’ को उच्चस्तरीय सत्रमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । साथै, न्युयोर्कमै विभिन्न मुलुकका सांसदहरूलाई ‘पेरिस सम्झौतासँग जोडिएर फाइनान्सियल द फ्चयुरः मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओली ती कार्यक्रम सकेर असोज १२ मा बोस्टनबाट स्वदेश फर्कने कार्यतालिका रहेको छ । यस अनुसार नेपालले संयुक्त राष्ट्रसंघ (यूएन) को ७९ औं महासभा र समिट अफ द फ्यूचर कार्यक्रम पूरा गर्नेछ । महासभा र समिट अफ द फ्युचरमा भाग लिन नेपाली प्रतिनिधिमण्डलमा प्रधानमन्त्री ओली,परराष्ट्रमन्त्री आरजु राणा देउवा सहभागी हुनेछिन् । उनी हिजै क्यानडाबाट न्युयोर्क पुगेकी छिन् । महासभादेखि समिट अफ द फ्यूचरसहित अमेरिकामा रहँदा ओलीले चार सत्रमा ७ महत्त्वपूर्ण विषयमा सम्बोधन गर्ने, एक दर्जनभन्दा बढी साइडलाइन भेटवार्ताहरु र अन्य कार्यक्रममा पनि सहभागी हुने बताइएको छ । यद्यपि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको साइडलाइन वार्ता भने अझै टुंगो लागेको छैन ।
त्यो अवधिमा प्रधानमन्त्री ओली विभिन्न सम्बोधन, उच्चस्तरीय भेटवार्ता र नेपाली समुदायसँग अन्तक्रिर्या कार्यक्रममा व्यस्त रहने छन् । ओलीले असोज ६ मा समिट अफ द फ्यूचरमा सम्बोधन गर्नेछन् भने असोज १० मा महासभाको उच्चस्तरीय छलफललाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यूएनका महासचिव एन्टोनियो गुटेरेसँगदेखि भुटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बेसँग साइडलाइनमा भेटवार्ता हुने भने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ताको टुंगो लाग्न अझै बाँकी छ । नेपाल भारतीय पक्षको प्रतिक्षा गरिरहेको भएपनि ओली न्युयोर्क प्रस्थान गर्दासम्म यो विषयमा भारतीय पक्षले केही जानकारी दिएको छैन । मोदी ६ र ७ मा मात्र न्युयोर्कमा हुनेछन् । नेपालले ६ गते मोदीसँग साइडलाइन भेटवार्ता गर्नको लागि प्रस्ताव गरेको छ । ‘हामीले ७ गतेको समय मागेका छौ, कुनैपनि समय उपलब्ध हुनसक्ने अपेक्षा छ’, परराष्ट्रका एक कर्मचारीले भने ।
ओलीले राष्ट्रसंघ बाहेक असोज ७ मा न्युयोर्कको कोलम्बिया विश्वविद्यालयमा ‘प्रजातन्त्र र आर्थिक समृद्धिमा नेपालको यात्रा’ विषयमा सम्बोधन गर्ने छन् भने ‘संक्रमणकालीन न्यायदेखि जलवायु न्यायसम्म नेपालको दृष्टिकोण’ सम्बन्धमा असोज ११ मा बोस्टनको हार्वर्ड विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले न्युयोर्क आएकै भोलिपल्ट असोज ५ मा नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भइसकेको छ । ओलीले आएकै दोस्रो दिन महासचिव गुटेरेससँग भेटवार्ता गर्नेछन् भने महासभालाई असोज १० मा सम्बोधन गर्ने छन् । यस्तै, ओलीका अन्य भेटवार्ताको लागि न्यूयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगले गृहकार्य गरिरहेको छ ।
नेपाली प्रतिनिधिमण्डलको लागि भ्रमणमा आवश्यक गृहकार्य स्थायी नियोगका प्रतिनिधि तथा राजदूत लोकबहादुर थापा र उनको टोलीले गरेको छ । साथै, नेपालीहरूसँग भेटवार्ता र अन्तरक्रियाको लागि भने न्यूयोर्कस्थित वाणिज्य दूतावासले गरेको छ । महावाणिज्य दूतावासका प्रमुख चक्र सुवेदीले नेपाली समुदायसँग कार्यक्रमको लागि सहकार्य गरेका हुन् । चौथो पटक प्रधानमन्त्री भएपछि ओलीको यो पहिलो विदेश भ्रमण हो । सन् २०२० मा भर्चुअल रुपमा महासभालाई नेपालबाटै सम्बोधन गरेपछि ओली पहिलोपटक सम्बोधन गर्न न्युयोर्क गएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
जनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार