कटहरियामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार ११:१९:३९
४ असोज, रौतहट । रौतहटको कटहरियामा गएराती भएको मोटरसाइकल दुर्घटनामा परेर एकजना युवकको मृत्यु भएको छ ।
कटहरिया बजारदेखि पश्चिम लालबकैया पुल पारी कटहरिया गम्हरीया सडक खण्डमा गए राती ७ बजे मधेश प्रदेश ०३-०२८ प ४९४१ मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो ।
दुर्घटनामा कटहरिया नगरपालिका-९ डुमरियाका सुकदेव पासवानको छोरा अन्दाजी वर्ष २६ का रामजन्म पासवानको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन् ।
तीव्रगतिमा रहेको मोटरसाईकल दुर्घटनामा गम्भीर घाइते भएका पासवानको कटहरियामा उपचार सम्भव नभएपछि थप उपचारको लागी प्रादेशिक अस्पताल गौर पठाईएकोमा उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई शिवशंकर शर्माले बताएका छन् । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
असोज ३, २०८१ बिहिबार
सेती नदीमा ट्याक्टर खस्दा दुई जना बेपत्ता
असोज २, २०८१ बुधबार
गुडिरहेको ट्याक्टर सेती नदीमा खस्दा २ जना बेपत्ता, तीन घाइते
असोज २, २०८१ बुधबार
७० जना उपसचिवसहित सामान्य प्रशासन मन्त्रालयद्वारा १२ सय माथि कर्मचारीको सरुवा
असोज ३, २०८१ बिहिबार
आधुनिक धरहरा खुलेको पहिलो दिन अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक
असोज ३, २०८१ बिहिबार
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान [ फोटो फिचर ]
असोज ४, २०८१ शुक्रबार
एक्सले प्रतिबन्धका बाबुजुद काम गर्न थालेपछि ब्राजिलमा हंगामा
असोज ४, २०८१ शुक्रबार
भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसो प्रयोग !
असोज ४, २०८१ शुक्रबार
सुडान घोटाला प्रकरणमा दोषी ठहर राणाको पेन्सनसम्बन्धी रिट शर्मा र सुवेदीको इजलासमा
असोज ४, २०८१ शुक्रबार
मनाङको तालगाउँमा खेलाडी र कलाकारले भरिभराउ
असोज ४, २०८१ शुक्रबार