भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसो प्रयोग !
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार ११:५६:३४
४ असोज, काठमाडौं । भारतको आन्ध्र प्रदेशको तिरुपती मन्दिरको भेटीमा पशुको बोसो प्रयोग गरेको भन्दै विवाद बढ्दै गएको छ ।
प्रसिद्ध तिरुपति मन्दिरको प्रसाद बनाउने लड्डुका लागि घ्यूमा जनावरको बोसो र माछाको तेल प्रयोग गरिएको विषय अहिले चर्चामा रहेको छ । प्रसादको नमूना परीक्षण गर्दा ती लड्डुमा माछाको तेल र गाईको मासुको बोसो प्रयोग भएको पाइएको छ ।
आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडूले राज्यको पूर्व जगनमोहन रेड्डी सरकारलाई निशाना बनाएका छन् । नायडूले तिरुमाला लड्डुलाई यसरी अपवित्र बनाउने कसैले कल्पना पनि गर्न नसक्ने बताउँदै विगत पाँच वर्षमा उनले तिरुमालाको पवित्रता हनन गरेको बताएका छन् ।
उनले भने, ‘तिरुमाला लड्डुको घिउमा जनावरको बोसो प्रयोग भएको पुष्टि भएको छ । यस विषयमा अनुसन्धान भइरहेको छ । यसका लागि दोषी जो कोही पनि दण्डित हुनेछन् ।'
यस विवादको बीचमा राज्यका उपमुख्यमन्त्री पवन कल्याणले सामाजिक सञ्जालमा सेयर गरेको पोस्टमा लेखेका छन्, ‘तिरुपति बालाजी प्रसादमा जनावरको बोसो (माछाको तेल, सुँगुरको बोसो र गाईको मासुको बोसो) मिसिएको कुराले हामी सबै निकै चिन्तित छौं । तत्कालीन सरकारले गठन गरेको टिटीडि बोर्डले धेरै प्रश्नहरूको जवाफ दिनु पर्नेछ । हाम्रो सरकार सक्दो कडा कदम चाल्न प्रतिबद्ध छ, तथापि, यो मामलाले मन्दिरको अपवित्रता, भूमि मुद्दा र अन्य धार्मिक अभ्यासहरू सम्बन्धी धेरै मुद्दाहरूलाई हाइलाइट गर्दछ । सनातन धर्मको अपमान रोक्न एकजुट हुनुपर्छ ।’
पवन कल्याणले अगाडि लेखेका छन्, ‘अब समय आएको छ कि भारतभरका मन्दिरहरूसँग सम्बन्धित सबै मुद्दालाई विचार गर्न राष्ट्रिय स्तरमा सनातन धर्म रक्षा बोर्ड गठन गर्नुपर्छ । यस विषयमा राष्ट्रिय स्तरमा सबै नीति निर्माता, धर्म प्रमुख, न्यायपालिका, नागरिक, सञ्चारमाध्यम र आ–आफ्नो क्षेत्रका सबैले बहस गर्नुपर्छ ।ु
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
सानेपामा कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक
पुष १, २०८१ सोमबार
मिनी बस दुर्घटना हुँदा २ जनाको मृत्यु, १२ घाइते
पुष १, २०८१ सोमबार
दूध बेचेरै मासिक एक लाख बढी आम्दानी
पुष १, २०८१ सोमबार
पूर्वमेयर सिंहको निधनमा काठमाडौं महानगरपालिकामा शोक बिदा
पुष १, २०८१ सोमबार
सुदूरपश्चिमविरुद्ध ब्याटिङ गर्दै कर्णाली
पुष १, २०८१ सोमबार