एक्सले प्रतिबन्धका बाबुजुद काम गर्न थालेपछि ब्राजिलमा हंगामा
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार १२:१४:३५
४ असोज, काठमाडौं । प्रतिबन्धित सोसल मिडिया प्लेटफर्म एक्सले प्रतिबन्धका बाबुजुद काम गर्न थालेपछि ब्राजिलमा हंगामा मच्चिएको छ ।
बुधबारबाट अचानक मोबाइलमा एक्सले काम गर्न थालेपछि सरकार आक्रोशित बनेको थियो । सरकारको आलोचनापछि बिहीबार फेरि एक्सको सेवा पूर्णरुपमा बन्द भएको छ । एक्सका मालिक एलोन मस्कले पनि यस विषयमा स्पष्टीकरण दिनुपरेको थियो ।
एक्सलाई अघिल्लो महिना ब्राजिलमा प्रतिबन्ध लगाइएको थियो । ब्राजिलका मानिसहरूले एक्स प्लेटफर्ममा पहुँच गर्न सक्दैनन् र यदि तिनीहरूले यसका लागि भिपीएनआदि प्रयोग गर्छन् भने, उनीहरूले भारी जरिवाना पनि भोग्नुपर्ने चेतवानी सरकारले दिएको छ ।
प्रतिबन्धमा रहेकै बेला चलन थालेपछि सरकारले यो कदमलाई निलम्बनको जानाजानी उल्लङ्घन मानेका छन् । एक्सले भने अस्थायी रुपमा चलेको र यो अहिले बन्द गरिएको स्पष्ट गरेको छ ।
एक्स चलेको खबरपछि न्यायाधीश अलेक्जेन्डर डे मोरेसले राज्यको दूरसञ्चार एजेन्सी एनाटेललाई नेटवर्कमा पहुँच रोक्न आवश्यक कदम चाल्न पनि आदेश दिएका थिए । गत अप्रिलमा जब सर्वोच्च अदालतका न्यायाधीश अलेक्ज्याण्डर डी मौरियासले ‘एक्स’ मा अनुसन्धान गर्न आदेश दिएका थिए त्यसपछि एक्स र ब्राजिल सरकार आमने सामने भएका थिए । ब्राजिलमा एक्सका २२ मिलियन प्रयोगकर्ता भएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमस्कको नयाँ दावीः मंगलग्रहमा पुग्न ९ महिना होइन, ९० दिनमा पुग्न सकिन्छ
मंसिर १८, २०८१ मंगलबार
नासाले बनायो विशेष रोबोट, वृहस्पतिको चन्द्रमामा हिउँमुनि समुन्द्रमा डुब्ने !
मंसिर १६, २०८१ आइतबार
अन्तरिक्षमा ४३ वर्षदेखि बन्द रहेको ‘रेडियो’ फेरि सुरु, नासाले पाउन थाल्यो संकेत
मंसिर १६, २०८१ आइतबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
चेपाङ समुदायबाट स्नातकोत्तर गर्ने महिला सम्मानित
पुष ७, २०८१ आइतबार
आज सूर्यदेवको विशेष पूजा आराधना गरिँदै
पुष ७, २०८१ आइतबार
गुल्मीमा भलिबल प्रतियोगिता हुँदै
पुष ७, २०८१ आइतबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ७, २०८१ आइतबार
तेह्रथुममा टिकटक बनाउने क्रममा लडेर २ जनाको मृत्यु
पुष ६, २०८१ शनिबार
प्रदेश राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, ३ जना घाइते
पुष ६, २०८१ शनिबार