यी हुन सहकारी ठगेर फरार भएका २९ जना, को कुन देशमा बसेका छन लुकेर ?
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार १४:५८:४९
४ असोज, काठमाडौं । सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानविन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । सूर्य थापा नेतृत्वमा रहेको समितिले पूर्ण प्रतिवेदन शुक्रबार सार्वजनिक गरेको हो । सार्वजनिक प्रतिवेदनमा सहकारी प्रकरणमा २९ जना फरारको सूचीमा रहेको संसदीय छानबिन विशेष समितिले जनाएको छ ।
समितिले तयार पारेको प्रतिवेदनमा जीबी राईसहित २९ व्यक्ति फरारको सूचीमा रहेको र उनीहरुलाई उपलब्ध गराइदिनुहुन सरकारलाई निर्देशन दिइएको जनाइएको छ । फरारको सूचीमा रहेकाहरु जीबी राई, भरत महर्जन, राजमाया महर्जन, सचिन महर्जन, कांग्रैस उपसभापति धनराज गुरुङकीपूर्व श्रीमती ज्योति गुरुङलगायत रहेका छन् ।
फरार रही समितिमा उपलब्ध हुन नसकेका सहकारी सञ्चालकलाई उपस्थित गराइदिनका लागि सरकारलाई निर्देशन दिइएका व्यक्तिहरूको सूची यस्तो छः
१– स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका गितेन्द्रबाबु (जीबी) राई, हाल मलेसिया ।
२– सुमेरू मचत तथा ऋण सहकारी संस्थाका भरत महर्जन, राजनाया महर्जन, सचिन महर्जन, सरला महर्जन र निमित्तराज श्रेष्ठ, सबै हाल बेलायत ।
३– सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाका नबहादुर बम्जन, हाल अमेरिका ।
४– सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाका धानवहादुर बुढामगर, भुपेन्द्र राई, हालको अवस्था अज्ञात ।
५– शिवशिवर बहुउद्देश्यीय सहकारी संस्थाक तेजबहादुर बम्जन(तामाङ), हाल भारत÷युरोप रहेको आशंका ।
६– इमेज बचत तथा ऋण सहकारी संस्थाका देवकुमार नेपाली, छेला नेपाली र दीपक पौडेल, हाल भारतमा ।
७– सानो पाइला बचत तथा ऋण सहकारी संस्थाका तस्बिरन खातुन र असरफ अली, हालको अवस्था अज्ञात ।
८– सहारा बचत तथा ऋण सहकारी संस्थाक सागर केसी,
९– दिनेश रोशा र हेमन्त अधिकारी, हालको अवस्था अज्ञात ।
१०– शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लीलानाथ गौतम, हालको अवस्था अज्ञात ।
११– नमस्ते वचत तथा ऋण सहकारी संस्थाका विष्णु प्रसाद रिमाल, हालको अवस्था अज्ञात ।
१२– मेघा ड्रिम महुउद्देश्यीय सहकारी संस्थाका महाशंकर रेग्मी, हलको अवस्था अज्ञात ।
१३– कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभका प्रेमध्वज लामा, हालको अवस्था अज्ञात ।
१४– स्ट्याण्डर्ड मल्टिप्रपोज सहकारी संस्थाका राजेश श्रेष्ठ, हाल फरार ।
१५– प्रभु सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभका बुशचन्द्र श्रेष्ठ, हाल फरार ।
१६– मितेरी वचत तथा ऋण सहकारी संस्थाकी ज्योति गुरुङ, हाल फरार ।
१७– आर्जन बचत तथा ऋण सहकारी संस्थाका दीपक थापा ।
१८– सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका बुद्धि गुरुङ ।
१९ – सानो पाइला बचत तथा ऋण सहकारी संस्थाका राधेचन्द्र यादव ।
२०– क्यापिटल सेभिड एण्ड क्रेडिट को–अपरेटिभका दिनेश पौडेल ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच २ घण्टा भेटवार्ता
पुष १८, २०८१ बिहिबार
ढुम्रु गीत गाउँदै
पुष १८, २०८१ बिहिबार
सिरियाली सेनाद्वारा होम्स शहरमा घेरा बन्दी
पुष १८, २०८१ बिहिबार