माछापुच्छ्रे बैंकले ल्यायो चाडपर्व लक्षित अफरै अफरहरु
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार १५:५७:१८
४ असोज, काठमाडौं । माछापुच्छ्रे बैंक लि.ले आफ्नो २४औँ वार्षिकोत्सव तथा आउदैँ गरेको नेपालीहरूको महान् चाडपर्वलाई लक्षित गरी डिजिटल सेवाहरुमा अफरै अफरहरु संचालनमा ल्याएको छ । बैंक असोज १७ गते बाट २४औँ वर्ष पार गरी २५औँ वर्षमा प्रवेश गर्दैछ ।
बैंकले आफ्नो २४ औँ वार्षिकोत्सवको अवसरमा डिजिटल सेवाहरुमा विभिन्न क्यास ब्याक तथा विशेष छुट अफरहरू ल्याएको छ । जसको फाईदा ग्राहकहरुले बैंकले प्रदान गर्दै आएको डिजिटल सेवा सुविधाहरु जस्तैः मोबाइल बैंकिङ MBL M- SMART (APP), डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट कार्ड तथा डलर प्रिपेड कार्ड मार्फत लिन सक्नेछन् ।
बैंकले असोज १ देखि ३० गते सम्मको अवधीमा यस बैंकको मोबाइल बैंकिङ MBL M SMART (APP), डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट तथा डलर प्रिपेड कार्ड लिने नयाँ ग्राहकहरूलाई विशेष छुटको योजना ल्याएको छ । जस अन्तर्गत बैंकको डेबिट कार्ड लिने ग्राहकहरुले कार्ड लिँदा पहिलो वर्षको जारी शुल्कमा शतप्रतिशत छुट र त्यस पछिको दुई वर्षसम्म पनि कार्ड नवीकरण शुल्कमा शतप्रतिशत छुट प्रदान गर्नेछ ।
बैंकले क्रेडिट कार्ड जारी गर्दा सदस्यता तथा जारी शुल्कमा आकर्षक प्याकेज बनाई पाँच वर्ष अवधीको लागि एकमुष्ट रु.२,४०० मात्रमा प्रदान गर्नेछ । साथै बैंकले मोबाइल बैंकिङ MBL M SMART (APP) सेवाको सदस्यता शुल्कमा वार्षिक ५०% सम्मको छुट, डलर क्रेडिट कार्ड र डलर प्रिपेड कार्ड जारी गर्दा जारी शुल्कमा पहिलो वर्ष २४% सम्मको छुट प्रदान गर्नेछ ।
यसै क्रममा बैंकको २४औँ वार्षिकोत्सव लक्षित यस योजना अन्तर्गत असोज १६ र १७ गते दुई दिनको अवधीमा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले विभिन्न मर्चेन्टहरुबाट वस्तु तथा सामान खरिद गर्ने क्रममा डेबिट कार्डमार्फत बिल भुक्तानी गर्दा २४% वा अधिकतम १२४ रुपैयाँ तथा क्रेडिट कार्ड मार्फत बिल भुक्तानी गर्दा २४% वा अधिकतम २२४ रुपैयाँको क्यासब्याक सुविधा प्राप्त गर्न सक्नेछन् ।
यसका साथै बैंकले असोज १ देखि १८ गते सम्मको लागि डिजिटल कारोबारको प्रोत्साहन र प्रवर्द्धनको लागि बैंकको आधिकारिक फेसबुक तथा इन्स्टाग्राम पेज मार्फत ग्राहकहरूको लागि क्विज कार्यक्रम सञ्चालन गर्ने छ र सही उत्तर दिने सहभागीहरू मध्ये भाग्यशाली विजेताले आकर्षक उपहार पाउन सकनेछन् ।
साथै यस क्यामपिएन अवधिभर बैंकबाट जारी डिजिटल माध्यमहरुबाट कारोबार गर्ने ग्राहकहरू र डिजिटल भुक्तानी लिने मर्चेन्टहरुका लागि बैंकले विभिन्न मर्चेन्ट तथा भेन्डर्सहरुद्वारा प्रायोजित विविध उपहारहरु जस्तैः टिभि, मोबाइल फोन, ट्याब, स्मार्टवाच, रिचार्जकार्ड तथा आकर्षक गिफ्ट भौचरहरु प्रदान गर्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिक लगानी कोषको १३ प्रतिशत लाभांश दिने
पुष २९, २०८१ सोमबार
माघ महिनाका लागि १७ वटा बैंकको मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर यथावत
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
मधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना
पुष २९, २०८१ सोमबार
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
पुष २९, २०८१ सोमबार
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
पुष २९, २०८१ सोमबार