बैशाख ७ गते राष्ट्रिय याक दिवस मनाइने, एडीबीको पौने २३ अर्ब ऋण स्वीकृत
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार १६:११:४८
४ असोज, काठमाडौं । सरकारले प्रत्येक वर्षको बैशाख ७ गते राष्ट्रिय याक दिवस मनाउने निर्णय गरेको छ भने वाली तथा पशुधन बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउने निर्देशिका २०७० खारेज गर्ने निर्णय गरेको छ । साथै काठमाडौं उपत्यका खानेपानी आपूर्ती सुधार आयोजना दोस्रोको लागि एसियाली विकास बैंकबाट प्राप्त हुने १७० मिलियन अमेरिकी डलर (करिब २२ अर्ब ८९ करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गरेको छ ।
असोज २ गते बसेको मन्त्रिपरिषद बैठकले उक्त ऋण तथा करिब ४० करोड रुपैयाँ ३९ लाख रुपैयाँ बराबरको अनुदान सहायता सम्बन्धी वित्तिय सम्झौता तथा अन्य दस्तावेजलाई अन्तिम रुप दिन सरकारको तर्फबाट अर्थमन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको छ ।
यस्तै सामान्य प्रत्रियाबाट फर्छ्यौट हुन नसकेका बेरुजु फर्छ्यौट गर्न समिति गठन गर्ने र अर्थ मन्त्रालयको प्रस्तावमा प्रतिनिधि सभा सार्वजनिक लेखा समितिका माननीय सदस्य अच्युत प्रसाद मैनालीको अध्यक्षतामा बेरुजु फर्छ्यौट समिति गठन गर्ने र समितिको कार्यक्षेत्र तोक्ने निर्णय गरेको छ ।
मिति २०८१ कात्तिक ५ देखि १० सम्म संयुक्त राज्य अमेरिकाको वासिंगटन डिसीमा आयोजना हुने विश्वबैंक समूहको अन्तर्राष्ट्रिय मुद्राकोषको संयुक्त वार्षिक बैठकमा भाग लिन माननीय उपप्रधानमन्त्री एवम् अर्थमन्त्री नेतृत्वको टोलीलाई बैठकमा भाग लिन स्वीकृति दिने निर्णय गरेको छ ।
काठमाडौं उपत्यका खानेपानी आपूर्ती सुधार आयोजना दोस्रोको लागि एसियाली विकास बैंकबाट प्राप्त हुने १७० मिलियन अमेरिकी डलर (करिब २२ अर्ब ८९ करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता तथा १५ मिलियन (करिब २ अर्ब १ करोड रुपैयाँ) बराबरको अनुदान सयहायता एवम् जापान फन्ड फर पस्परस एण्ड रिजोलुसन एसिया एण्ड प्यासिफिक बाट प्राप्त हुने ३ मिलियन अमेरिकी डलर करिब ४० करोड रुपैयाँ ३९ लाख रुपैयाँ बराबरको अनुदान सहायता सम्बन्धी वित्तिय सम्झौता तथा अन्य दस्तावेजलाई अन्तिम रुप दिन नेपाल सरकारको तर्फबाट अर्थमन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले जानकारी दिए ।
बैठकले समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको रिक्त पदमा धुव्र आचार्य, ललिता कुमारी महर्जन र महेश प्रसाद काफ्लेलाई मनोनयन गरेको छ । त्यस्तै पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पती खोजविन समितिको म्याद दुई महिना थप गर्ने र संयोजकमा महेन्द्र कुमार थापा रहने गरि तोक्ने निर्णय समेत बैठकले गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार