अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार १६:३२:१५
४ असोज, काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ गरेको छ । जसमा कञ्चनपुर, भिमदत्त नगरपालिका-११ गड्डाचौकीस्थित नेपाल भारत सिमाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय ५० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भिमदत्त नगरपालिका-३ बस्ने ३० वर्षीय टेकेन्द्र भट्ट र सोही नगरपालिका(६ बस्ने ३० वर्षीय गणेश पाण्डेय रहेका छन् । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर लागूऔषध नियन्त्रण शाखा र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यस्तै रूपन्देही, बुटवल उपमहानगरपालिका(२ पाखापानीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम र मोबाइल १ थान सहित सोही उपमहानगरपालिका डेरा गरी बस्ने गुल्मी रिडि घर भएका २४ वर्षीय अजय सुनारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा, प्रहरी बिट जितगढि किल्ला र इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यसैगरी झापा, मेचीनगर नगरपालिका-६ काँकरभिट्टा पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित अर्जुनधारा नगरपालिका-११ बुट्टाबारी स्टाफ चोक बस्ने २० वर्षीय विपिन माझीलाई बिहीबार राती प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानीट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यस्तै चितवन, भरतपुर महानगरपालिका-७ कृष्णपुर बस्ने ३२ वर्षीय सजिब महत्तोलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ५ सय ३० मिलिग्राम सहित बिहीबार राती प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
असोज ४, २०८१ शुक्रबार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
असोज ४, २०८१ शुक्रबार
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १० जना पक्राउ
असोज ३, २०८१ बिहिबार
सहकारीको नामबाट गोरखा मिडियाको खातामा आएको साढे २२ करोडमा रवि लामिछाने संलग्न
असोज ४, २०८१ शुक्रबार
कार्यालय समयभित्र सरकारी अस्पतालका चिकित्सकहरू निजीमा जान नपाउने
असोज ४, २०८१ शुक्रबार
नेपाली सेनाको टोली अभ्यासका लागि चीन प्रस्थान
असोज ४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली कतारको दोहा पुगे
असोज ४, २०८१ शुक्रबार
नेपाली र अमेरिकी सेनाबीचको संयुक्त अभ्यास सम्पन्न ( फोटो फिचर )
असोज ४, २०८१ शुक्रबार
लोकसेवाको परिक्षा पास गरेर एक वर्षमा २७ सय जना बने सरकारी कर्मचारी
असोज ४, २०८१ शुक्रबार
गाजामा भएको इजरायली आक्रमणमा निर्दोष नागरिकको मृत्यु
असोज ४, २०८१ शुक्रबार
साताभर मनसुनी वायुको प्रभाव, धानलाई असर पर्ने सम्भावना
असोज ४, २०८१ शुक्रबार