उष्ण लहरले दक्षिण कोरियामा बन्दागोभीको मूल्य बढाउँदा किम्ची खतरामा
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार १६:५०:४४
४ असोज, सोल । दक्षिण कोरियामा अभूतपूर्व उष्ण लहरले बन्दागोभीको मूल्य बढाएको शुक्रबार सार्वजनिक भएको तथ्याङ्कले देखाएको छ । बन्दागोभी दक्षिण कोरियाको लोकप्रिय राष्ट्रिय परिकार किम्चीका लागि प्रयोग हुने तरकारी हो । यसको मूल्य बर्सेनि करिब ७० प्रतिशतले बढेको छ ।
बिहीबार एउटा गोभीको मूल्य नौ हजार तीन सय ३७ वन (सात दशमलव शून्य दुई अमेरिकी डलर) पुगेको छ । यो एक वर्ष अगाडिको तुलनामा ६९ दशमलव एक प्रतिशतले बढेको सरकारी स्वामित्वको कोरिया एग्रो–फिशरीज एन्ड फुड ट्रेड कर्पोरेशनले जनाएको छ ।
बन्दागोभी किम्चीको मुख्य सामग्री हो । किम्ची देशको प्रसिद्ध परिकार हो र यसलाई धेरै कोरियालीले प्रत्येक दिन खान्छन् । विशेषज्ञहरूका अनुसार गर्मीमा तापक्रम बढेकाले विशेषगरी चिसो जलवायुमा राम्रोसँग उत्पादन हुने उच्च पहाडी क्षेत्रको बन्दागोभीको आपूर्तिमा अस्थिरता आएको छ ।
“यसबाहेक जलवायु परिवर्तनले माटोका रोगहरूको प्रकोपको ढाँचामा परिवर्तन गरेको छ”, नेसनल इन्स्टिच्युट अफ क्रप साइन्सका भाइरसविज्ञ ली यङ–ग्युले भने, “उदाहरणका लागि माटोमा फैलिएको फङ्गल रोगले जरा सड्दछ र बन्दागोभीमा मुर्झाउँछ, यो रोग फैलिरहेको छ ।”
लीका अनुसार अत्यधिक गर्मीका कारण बिरुवाहरू पनि मर्न थालेका वा चर्को घामले ओइलाएका छन् । यसै महिना दक्षिण कोरियाको ग्रामीण विकास प्रशासनले उच्च पहाडी बन्दागोभीको आपूर्ति अस्थिरतालाई समाधान गर्न समर्पित अनुसन्धान संस्था स्थापना गरेको छ ।
संस्थाले जलवायु परिवर्तनको समाधानका लागि कुनै उपाय नलिइए सन् २०९० सम्म गृष्मकालीन बन्दागोभी खेतीका लागि उपयुक्त क्षेत्रहरू हराउने सक्ने चेतावनी दिएको छ ।
मौसम सेवा एजेन्सीले यसै महिनाको सुरुमा यस वर्ष दक्षिण कोरियाले आधा शताब्दीको इतिहासमा सबैभन्दा उच्च औसत गर्मीको तापक्रम अनुभव गरेको बताएको थियो । यो ऐतिहासिक औसतभन्दा लगभग दुई डिग्री सेल्सियसले उच्च छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
खोलामा तरकारी खेती
पुष १, २०८१ सोमबार
सानेपामा कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक
पुष १, २०८१ सोमबार
मिनी बस दुर्घटना हुँदा २ जनाको मृत्यु, १२ घाइते
पुष १, २०८१ सोमबार
दूध बेचेरै मासिक एक लाख बढी आम्दानी
पुष १, २०८१ सोमबार
पूर्वमेयर सिंहको निधनमा काठमाडौं महानगरपालिकामा शोक बिदा
पुष १, २०८१ सोमबार