रौतहटमा फैलियो झाडापखाला, केहीमा हैजाको संकेत !
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार १६:५३:३४
४ असोज, रौतहट । रौतहटको स्थानीय राजपुर नगरपालिका क्षेत्र अन्तर्गत झाडा पखालाको प्रकोप फैलिएको छ भने केहीमा हैजाको जस्तो संकेत देखिएको छ ।
राजपुर ३ र ४ मा झाडा पखालाको प्रकोप फैलिएको छ सो मध्ये केही बिरामीमा हैजाको जस्तो संकेत देखा परेको हो। बिहिबार र शुक्रवार आज २२ जना झाडा पखालाका बिरामी उपचार गराउन प्राथमिक स्वास्थ्य केन्द्र राजपुरमा गएका थिए । सो मध्ये ७ जना बिरामीको दिशाको सेम्पल टेष्टको लागि प्रादेशिक अस्पताल गौरमा लगीएको थियो । प्रादेशिक अस्पतालमा आरडिटी प्रविधिबाट सेम्पल परिक्षण गर्दा ६ जनाको सेम्पल पोजेटिभ अर्थात् हैजाको किटाणु फेला परेको स्वास्थ्य संयोजक खुर्शैद आलमले बताएका छन्।
२२ जना बिरामी मध्ये प्राथमिक स्वास्थ्य केन्द्र राजपुरमा महिला १०, बालबालिका ७ र एक जना पुरुष गरी अहिले १८ जना भर्ना गरेर उपचार भइरहेको राजपुरका आलमले बताएका छन् । ४ जना उपचारपछि घर फर्किसकेका उनले जानकारी दिएका छन् ।
प्रादेशिक अस्पताल गौरमा आरडिटी टेष्टबाट ६ जनामा पोजेटिभ देखिएको छ। उक्त टेष्ट सत प्रतिसत भरपर्दो नहुँदा सेम्पलको कल्चर गराउनका जनकपुरधाम पठाउने तयारी भईरहेको स्वास्थ संयोजक आलमले जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआँखाको उपचारलाई प्राथमिकतामा राख्नुपर्छः मन्त्री पौडेल
असोज ४, २०८१ शुक्रबार
अल्जाइमरको नयाँ औषधिको आविष्कार सफलता कि मृगतृष्णा ?
असोज ४, २०८१ शुक्रबार
कार्यालय समयभित्र सरकारी अस्पतालका चिकित्सकहरू निजीमा जान नपाउने
असोज ४, २०८१ शुक्रबार
सहकारीको नामबाट गोरखा मिडियाको खातामा आएको साढे २२ करोडमा रवि लामिछाने संलग्न
असोज ४, २०८१ शुक्रबार
कार्यालय समयभित्र सरकारी अस्पतालका चिकित्सकहरू निजीमा जान नपाउने
असोज ४, २०८१ शुक्रबार
आँखाको उपचारलाई प्राथमिकतामा राख्नुपर्छः मन्त्री पौडेल
असोज ४, २०८१ शुक्रबार
महिला फुटबलः एपिएफ विजयी
असोज ४, २०८१ शुक्रबार
प्रधानसेनापति र भारतका राजदूतबीच भेटवार्ता
असोज ४, २०८१ शुक्रबार
नेपाली सेनाको टोली अभ्यासका लागि चीन प्रस्थान
असोज ४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली कतारको दोहा पुगे
असोज ४, २०८१ शुक्रबार
नेपाली र अमेरिकी सेनाबीचको संयुक्त अभ्यास सम्पन्न ( फोटो फिचर )
असोज ४, २०८१ शुक्रबार