गाजामा भएको इजरायली आक्रमणमा निर्दोष नागरिकको मृत्यु
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार १७:५:१५
३ असोज, गाजा । गाजा पट्टीका विभिन्न स्थानहरूमा बिहिबार राति इजरायले गरेको हवाई आक्रमणमा परी कैयौँ प्यालेस्टिनीहरू मारिनुका साथै केही घाइते भएका छन् । इजरायली युद्ध विमानहरूले मध्य गाजाको अल–दराज सहरमा रहेको एक घरमा आक्रमण गर्दा सात प्यालेस्टिनीको मृत्यु हुनुका साथै अधिकांश महिला तथा बालबालिकासहित अन्य घाइते भएको स्थानीय स्रोतले जानकारी दिएका छन् ।
लडाकु विमानहरूले उत्तरी गाजा पट्टीको बेइट लाहियामाको एउटा घरमा पनि आक्रमण गरेका गर्दा घाइते तथा बेपत्ता मानिसहरूको उद्धारकर्मीहरूले भग्नावशेषमुनि खोजी गरिरहेका छन् । आक्रमयाले नुसेरात शिविरको एक घरलाई पनि निशाना बनाउँदा केहीको हताहतभएको उल्लेख गरिएको छ ।
यसअघि इजरायली आक्रमणले उत्तरी गाजाको जबलियामा रहेको एक घरलाई निशाना बनाउँदा सात प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य केही घाइते भएका थिए ।
खान युनिसको अल–कारारा सहरमा इजरायली हमलामा थप दुई प्यालेिस्टनीको मृत्यु भएको तथा मध्य गाजा पट्टीको अल–मगाजी शिविर नजिकै एउटा गाडीलाई निशाना बनाई गरेको आक्रमणमा दुई जनाको मृत्यु भएको थियो ।
बिहीबार बिहानदेखि रातिसम्म विस्थापित व्यक्तिहरूको घर, सवारी साधन र पालमा भएको इजरायली बमबारीमा ४५ भन्दा बढी प्यालेस्टिनी मारिएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।
गत अक्टोबरमा हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणको बदलामा इजरायलद्वारा गाजामा गरिएको आक्रमणका कारण हालसम्म अधिकांश महिला तथा बालबालिकासहित ४१ हजार २७२ जनाको मृत्यु हुनुका साथै अन्य ९५ हजार ५५१ जना घाइते भएको जनाइएको छ ।
यसैगरी हजारौं पीडितहरू बेपत्ता, भग्नावशेष मुनि दबिएका वा सडकमा बेवारिस अवस्थामा छरिएका छन् । इजरायली आक्रमणले गर्दा उद्धार कार्यमा कठिनाइको सामना गर्नुपरेको प्यालेष्टिनी उद्धार टोलीले जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
खोलामा तरकारी खेती
पुष १, २०८१ सोमबार
सानेपामा कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक
पुष १, २०८१ सोमबार
मिनी बस दुर्घटना हुँदा २ जनाको मृत्यु, १२ घाइते
पुष १, २०८१ सोमबार
दूध बेचेरै मासिक एक लाख बढी आम्दानी
पुष १, २०८१ सोमबार
पूर्वमेयर सिंहको निधनमा काठमाडौं महानगरपालिकामा शोक बिदा
पुष १, २०८१ सोमबार