नेपाली सेनाको टोली अभ्यासका लागि चीन प्रस्थान
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार १८:८:१३
४ असोज, काठमाडौं । नेपाली सेना र चीनको जनमुक्ति सेनाबीच यही असोज ५ देखि १५ गतेसम्म ‘सगरमाथा फ्रेन्ड्सिप अभ्यास हुने भएको छ । उक्त अभ्यासमा सहभागी हुन नेपाली सेनाको टोली आज चीन प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
नेपाली सेनाले विपद् व्यवस्थापन, मानवीय सहयोग, संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनलगायत कार्यमा क्षमता अभिवृद्धि गर्ने सन्दर्भमा विभिन्न देशका सेनासँग यस्ता अभ्यास र पेसागत प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ ।
विसं २०७४ देखि सुरु भएको उक्त अभ्यासअन्तर्गत यो चौथो संस्करण चीनको चोङ्क्वीङमा हुनेछ । उक्त अभ्यासमा विपद् व्यवस्थापन, संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसन, प्रतिआतङ्कबादलगायत विषयमा ज्ञान आदानप्रदान हुने सेनाले स्पष्ट गरेको छ ।
नेपाल तथा चीनमा प्रत्येक वर्ष आलोपालोमा सञ्चालन हुँदै आएको उक्त अभ्यास कोभिड–१९ को महामारीपछि केही वर्ष स्थगित भई पुनः सञ्चालन हुन लागेको निर्देशनालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली सेनाद्वारा 'प्रेसर कुकर बम' निष्क्रिय
पुष ५, २०८१ शुक्रबार
प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता
मंसिर ३०, २०८१ आइतबार
प्रधानसेनापति सिग्देलले गरे भारतीय अधिकृत क्याडेटको कवाज निरीक्षण
मंसिर २९, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
आइतबार तोला ११ सयले बढ्यो सुनको मूल्य, १ लाख ४९ हजार ६ सयमा कारोबार
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
एमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार