सरकारी निकायहरूमा आधिकारिक भाषा प्रयोग, भाषिक पुनरुत्थान र भाषिक–सामाजिक न्याय विषयक गोष्ठी सम्पन्न
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार २१:२१:१९
४ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय, भाषा विज्ञान केन्द्रीय विभागमा ‘सरकारी निकायहरुमा आधिकारिक भाषा प्रयोग, पुनरुउत्थान र भाषिक–सामाजिक न्याय’ विषयक एक दिवसीय गोष्ठी सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा र भाषाविज्ञान केन्द्रीय विभागको व्यवस्थापनमा गर्न लागिएको अनुसन्धानको पूर्वतयारीका सन्दर्भमा आयोजित गोष्ठी आज शुक्रवार भाषाविज्ञान विभागको सभाहलमा सम्पन्न भएको हो ।
गोष्ठीलाई भाषाविज्ञान विभागका प्रा. डा. बलराम प्रसाईंले परियोजनाको ‘पृष्ठभूमि र विकासक्रम’ का विषयमा जानकारी गराएको थियो । सो अवसरमा प्रा. डा. प्रसाईंले परियोजनाको विषयवस्तु गहन भएकाले चुनौतिका रूपमा रहेको पनि औल्याए ।
परियोजनाका मुख्य अनुसन्धानकर्ता डा. भिमलाल गौतमले ‘परियोजना र कार्ययोजना’ बारे सहजीकरण गराएको थियो । सात वटा प्रदेशबाट ५ सयभन्दा बढीसँग सर्वेक्षण तथ्याङ्क संकलन गर्ने कार्ययोजना रहेको डा. गौतमले जानकारी दिए ।
यस्तै तथ्याङ्कशास्त्री डा. दीर्घराज जोशी रेग्मीले ‘अनुसन्धान पद्धति र मात्रात्मक उपकरण’, डा. प्रेम प्रसाद पौडेलले ‘अनुसन्धान पद्धति र गुणात्मक उपकरण’, डा. हरिमाया शर्माले ‘गुणात्मक डेटाको लागि फिल्डको पूर्वतयारी’ र डा. विनोद यादवले ‘कार्ययोजनामा आधारित अनुसन्धाताहरुसँग समन्वय’ विषयमा सहजीकरण गरेका थिए । परियोजनामा भाषा विज्ञानका ‘एमफिल पिएचडी’ अध्ययनरत अनुसन्धाताद्वय शारदा सापकोटा र मोहन गुरुङ रहेका छन् ।
यस्तै गरी अर्का अनुसन्धाता श्याम कुमार शाह रहेका छन् । परियोजनाका लागि विभिन्न शिक्षाशास्त्री, नीति निर्माता, सामाजिक अभियन्ता आदिबाट अन्तर्वार्ता र छलफल विधिबाट पनि तथ्याङ्क संकलन गरिने र सोही अनुसारको विश्लेषण र प्रबोधीकरण गरिने प्रमुख अनुसन्धाकर्ता डा. गौतमले जानकारी दिए ।
यस्तै भाषा विज्ञान विभागका प्रमुख सहप्राध्यापक डा।कर्णाखर खतिवडाले अनुसन्धानले नेपालको बाहुभाषिक भाषिक व्यवस्थापनमा महत्वपूर्ण योगदान गर्ने बताए । कार्यक्रममा विभागका प्राध्यापकद्वय डा। कृष्ण चालिसे र डा। तारामणि राईले अनुसन्धाले नेपालको भाषा र भाषिकहरुको अवस्थाबारे सही अनुसन्धान हुने आशा व्यक्त गरे। अनुसन्धान अवधि साढे दुई वर्ष रहनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्ष दशैंको टीकाको साइत बिहान ११ः३६ बजे
असोज ४, २०८१ शुक्रबार
नागढुङ्गा-नौबीसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिने सहमति
असोज ४, २०८१ शुक्रबार
कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
असोज ४, २०८१ शुक्रबार
सहकारीको नामबाट गोरखा मिडियाको खातामा आएको साढे २२ करोडमा रवि लामिछाने संलग्न
असोज ४, २०८१ शुक्रबार
यस वर्ष दशैंको टीकाको साइत बिहान ११ः३६ बजे
असोज ४, २०८१ शुक्रबार
सांस्कृतिक आदानप्रदान र दिगो विकासमा पर्यटनको भूमिका महत्वपूर्णः पर्यटनमन्त्री
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
असोज ४, २०८१ शुक्रबार
नागढुङ्गा-नौबीसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिने सहमति
असोज ४, २०८१ शुक्रबार
आईफोन–१६ अब अर्को आईफोनबाट ताररहित रूपमा पुनर्स्थापित गर्न सकिने
असोज ४, २०८१ शुक्रबार