रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार २१:४४:४९
४ असोज, काठमाडौं । तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरेर अनुसन्धान गर्ने कि बाहिर राखेर पुरक अभियोग लैजाने भन्ने बारेमा परामर्श शुरु भएको छ । प्रहरी महानिरीक्षक बसन्त कुँवरले प्रहरी प्रधान कार्यालयमा केही उच्च अधिकारीहरूलाई राखेर परामर्श गरेका हुन् ।
शुक्रबार दिउँसो उनले सो विषयमा परामर्श गरेको प्रधान कार्यालय उच्च स्रोतले भन्यो । प्रहरी प्रधान कार्यालयले चार वटा आरोपमा रवि माथि अनुसन्धान गर्न सकिने जानएको छ । सहकारी ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धिकरणमा मुद्धा चलाउन सकिने जनाएको छ । त्यसका लागि सबै विवरण संकलन गर्न र संसदीय छानबिन समितिको सिफारिसलाई आधार मान्ने प्रहरी प्रधान कार्यालयले कास्कीका एसपी मोहन थापालाई निर्देशन दिइएको छ । यसका लागि प्रहरीले पहिलो चरणमा पूरक अभियोग लैजाने भएको छ । सूर्यदर्शन बचत तथा ऋण सहकारी प्रकरणमा लामिछानेविरुद्ध प्रमाण संकलन गरी पुरक अभियोजन लैजान भनेको हो ।
संसदीय छानबिन समितिको सिफारिसको आधारमा पूरक अभियोगको तयारी गर्न कास्की प्रहरीलाई ‘मौखिक निर्देशन’ दिइएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । पोखरा उपमहानगरपालिका वडा नम्बर–५ स्थित सुर्यदर्शन सहकारीको रकम हिनामिनामा लामिछाने र पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुन पनि संलग्न रहेको भन्दै पीडितहरूले यसअघि नै पूरक उजुरी दिएका थिए । सो उजुरीको आधारमा पोखरा उपमहानगरपालिकाले रकम अपचलनबारे अध्ययन गरेर प्राविधिक प्रतिवेदन प्रहरीलाई दिइसकेको छ । प्रहरीले रवि लामिछाने गृहमन्त्री हुँदासम्म यसलाई बचाउ गर्दै आएको थियो । प्रमाण नै नभएको भन्दै राज्यव्यवस्था समितिमा आइजीपी कुँवर आफै उपस्थित भएर बचाउ गरेका थिए ।
सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा आएपछि सो रकम खर्च गर्ने र गराउने प्रक्रियामा लामिछाने संलग्न रहेको संसदीय छानबिन समितिको ठहर छ । समितिले संसदमा बुझाएको प्रतिवेदन मन्त्रिपरिषद्ले कार्यान्वयन गर्ने निर्णय गरेको छ । समितिको सिफारिस अनुसार गोर्खा मिडियाका सञ्चालकहरू अध्यक्ष गितेद्रबावु (जीबी)राई, सदस्य कुमार रम्तेल तथा प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीविरुद्ध मुद्दा चल्ने भएको छ । सुर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल यसअघि नै पक्राउ परेका थिए । अहिले उनी मुद्दा पुर्पक्षका लागि थुनामा छन् । सुर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा यसअघि नै अदालतमा मुद्दा दर्ता भइसकेको छ । थप अनुसन्धान गर्दा रकम हिनामिनामा संलग्न देखिएकाहरूलाई पूरक अभियोग लैजान मिल्ने कानुनी व्यवस्था छ ।
लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति हुन् । सुर्यदर्शन सहकारीका संचालकहरुविरुद्ध जिल्ला प्रहरी कार्यालय पोखरामा ९ सय ७१ जनाले रकम हिनामिना गरेको भन्दै जाहेरी दिएका थिए । सहकारीका पूर्वअध्यक्ष जीबी राईविरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको छ । उनी अहिले फरार छन् । सुर्यदर्शनको १ अर्ब ८ करोड रकम हिनामिना भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । लामिछानेविरूद्ध २०८०माघ २२मै कास्की प्रहरीमा परेको जाहेरीको आधारमा अभियोग लैजान सक्ने बताइएको छ । ‘अहिलेसम्म अभियोग लैजाने कि नलैजाने भनेर कुनै निर्णय भएको छैन,तर हामी यो विषयमा छलफल गरिरहेका छौ’ प्रहरी प्रधान कार्यालयका एक अधिकारीले भने । यसअघि प्रहरी प्रधान कार्यालय नै रोकेको अभियोजन अघि बढाउन लागिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार