यस वर्ष दशैंको टीकाको साइत बिहान ११ः३६ बजे
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार २२:२५:११
![](https://nepalbahas.prixacdn.net/media/albums/dashai_tihar_evp6J8vFQg_1ICAwBvfo6.jpg)
४ भदौ, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विजया दशमीको शुभ साइत असोज २६ गते बिहान ११ः३६ का लागि उत्तम रहेको जनाएको छ । त्यस दिन बिहान ८ः३३ बजे देवी विर्सजनको साइत रहेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए । विजया दशमीको प्रसाद ग्रहण गर्दा पूर्वतर्फ फर्केर बस्नुपर्ने उनले बताए।
यस वर्षको नवरात्र अर्थात् दसैँ यही असोज १७ गते बिहीबारदेखि सुरु हुँदैछ । त्यस दिन बिहान ९ः१६ बजे घटस्थापनाको साइत रहेको समितिले जनाएको छ । साथै असोज १८ गते शुक्रबार झण्डा फर्ने (पश्चिम मोहडा) ९ः१४ बजे, असोज २२ गते मङ्गलबार पचलीभैरव यात्रा, असोज २४ गते बिहीबार फूलपाती र श्री तुलजाभवानी यात्रा विहान ७ः११ बजे र स्थिरासन बिहान ८ः४३ बजे साइत रहेको समितिले जनाएको छ ।
त्यसैगरी असोज ३० गते बुधबार अखिलबलीपूर्ति गर्नुपर्ने समिति सदस्य एवं धर्मशास्त्र विद् प्राडा देवमणी भट्टराईले बताए । यसै दिन कोजाग्रत पूर्णिमा मनाए सँगै यस वर्षको दसैँ समापन हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनगरकोट भ्रमण वर्ष सफल पार्ने उपत्यका मेयर्स फोरमको निर्णय
फागुन ६, २०८१ मंगलबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
काठमाडौं महानगरपालिकाले छात्राबासहरुको अनुगमन गर्ने
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नगरकोट भ्रमण वर्ष सफल पार्ने उपत्यका मेयर्स फोरमको निर्णय
फागुन ६, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन ६, २०८१ मंगलबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार