तनहुँ, गोरखा र नवलपुरका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने
नेपालबहस संवाददाता
असोज ५, २०८१ शनिबार ६:४७:२४
५ असोज, दमौली (तनहुँ) । गोरखा र नवलपुरका विभिन्न स्थानीय तहमा आज विद्युत अवरुद्ध हुने भएको छ । तनहुँको भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, शुक्लाण्डकी नगरपालिका, भिमाद नगरपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका, गोरखाको पालुङटार नगरपालिका र नवलपुरको बौदीकाली र बुलिङटारका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ ।
तनहुँ वितरण केन्द्रअन्तर्गतको डुम्रे सबस्टेसनको ‘ब्रेकर स्विच गियर्स प्यानल’हरू बदली गर्ने कार्यका लागि बन्दीपुर गाउँपालिका, भानु नगरपालिका र गोरखाको पालुङटार नगरपालिकाको सबै क्षेत्रमा उक्त दिन बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरुद्ध हुने वितरण केन्द्र प्रमुख विजय रेग्मीले जानकारी दिए । डुम्रे सबस्टेसनमा पोखरीछाप, बन्दीपुर, डुम्रे र पालुङटार फिडरको पुरानो ११ केभी स्विच गियर प्यानलहरू बदली तथा ‘चार्ज’ गरिने उनले बताए।
त्यस्तै, नेपाल विद्युत् प्राधिकरण लेखनाथ वितरण केन्द्रअन्तर्गत गुणादी, मनहरी र खैरेनीटारमा विद्युतीय संरचना स्थानान्तरण गर्नका लागि खैरेनीटार सबस्टेसनको ३३ केभी प्रसारण लाइन बन्द हुने जनाइएको छ । उक्त सबस्टेसनमार्फत वितरीत शुक्लागण्डकी, भिमाद, घिरिङ, ऋषिङ, म्याग्दे, बौदीकाली र बुलिङटारका विभिन्न ठाउँमा बिहान १० देखि साँझ ४ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैतडीमा निस्सासिएर मजदुरको ज्यान गयो
पुष १४, २०८१ आइतबार
कुखुराको मासु खाँदा अछाममा एकको मृत्यु, तीन जना बिरामी !
पुष १४, २०८१ आइतबार
सल्लेरीवासीलाई पानीको चिन्ता, ‘हिउँद नआए हुन्थ्यो लाग्छ’
पुष १४, २०८१ आइतबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
राष्ट्रिय किताब खानाका शाखा अधिकृत प्रसाईं घुससहित पक्राउ
पुष १४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा राणाद्वारा भारतीय पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली
पुष १४, २०८१ आइतबार
बैतडीमा निस्सासिएर मजदुरको ज्यान गयो
पुष १४, २०८१ आइतबार
कानून नमान्ने खेल संघलाई कारबाही हुन्छः खेलकुदमन्त्री चौधरी
पुष १४, २०८१ आइतबार
कुखुराको मासु खाँदा अछाममा एकको मृत्यु, तीन जना बिरामी !
पुष १४, २०८१ आइतबार