साइडलाइन वार्ता: भारतद्वारा नेपालको प्रस्ताव स्वीकार, आइतबार ओली र मोदीबीच भेट हुने
नेपालबहस संवाददाता
असोज ५, २०८१ शनिबार ९:५२:२३
५ असोज, काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच ७९ औं संयुक्त राष्ट्र संघको महासभामा भागलिने क्रममा द्विपक्षीय साइडलाइनमा भेटवार्ता हुने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार भारतीय प्रधानमन्त्री मोदीसँग न्युयोर्कमा साइडलाइनमा द्विपक्षीय भेटवार्ताको लागि नेपालले गरेको प्रस्तावमा भारतले सकारात्मक जवाफ दिएको छ ।
भारतले प्रधानमन्त्री ओली न्युयोर्क पुगेपछि भारतीय पक्षले मोदी द्विपक्षीय भेटवार्ताको लागि तयार गरेको सन्देश दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । स्थानीय समयअनुसार आइतबार ओली र मोदीको साइडलाइनमा द्विपक्षीय भेटवार्ता हुने बताइएको छ । चौथो पटक ओली प्रधानमन्त्री भएपछि भारतीय प्रधानमन्त्री मोदीसँग पहिलो भेटवार्ता हुनेछ । मोदीसँग भेटवार्ता हुने भएपछि नेपाली पक्षले त्यसको लागि आवश्यक गृहकार्य थालेको परराष्ट्रको भनाइ छ ।
भदौ २५ बाट महासभा सुरु भइसकेको छ । महासभाको उच्चस्तरीय छलफल असोज ८ देखि १२ सम्म चल्ने छ । नेपालको २२ सदस्य प्रतिनिधमण्डलको नेतृत्व गरेर प्रधानमन्त्री ओली न्युयोर्क आइपुगिसकेका छन् । यसपटक असोज ७ र ८ मा भने राष्ट्रसंघकै आयोजनामा ‘समिट अफ द फ्युचर’ कार्यक्रम छ । त्यसमा पनि ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । त्यसको लागि शुक्रबारबाट भने समिट अफ द फ्युचरको एक्सन डे सुरु भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
जङ्गल सफारीमा पर्यटक
पुष ७, २०८१ आइतबार
प्रहरीले रवि लामिछानेलाई अदालत उपस्थित गरायो, मुद्दा दर्ता गर्ने तयारी
पुष ७, २०८१ आइतबार
आइतबार तोला ११ सयले बढ्यो सुनको मूल्य, १ लाख ४९ हजार ६ सयमा कारोबार
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार