चीनकी ‘ब्युटिफुल गभर्नर’ लाई १३ बर्षको जेल सजाय
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार ९:५८:२६
६ असोज, काठमाडौं । चीनमा ‘ब्युटिफुल गभर्नर’ भनेर चिनिने गुइझाउ प्रान्तकी गभर्नर झोङ याङलाई १३ वर्षको जेल सजाय सुनाइएको छ । उनलाई १ करोड १६ लाख रुपैयाँ जरिवाना पनि लगाइएको छ । ५२ वर्षीय झोङ याङ ७१ करोड रुपैयाँ घुस लिएको र उनीसँग काम गर्ने ५८ जनासँग शारीरिक सम्बन्ध राखेको अभियोगमा दोषी ठहर भएकी छन् ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार झोङ चिनियाँ कम्युनिष्ट पार्टीबाट गुइझोउका उपसचिव र गभर्नर भइसकेकी छन् । उनी २२ वर्षको उमेरमा पार्टीमा प्रवेश गरेकी थिइन् । जनवरी २०२३ मा, चीनको गुइझोउ रेडियोले आफ्नो रिपोर्टमा झोङसँग सम्बन्धित विवादहरू उल्लेख गरेको थियो ।
सरकारी लगानीको आडमा आफ्नो मनपर्ने कम्पनीलाई ठूला ठेक्का दिलाउन आफ्नो हैसियत प्रयोग गरेको आरोप उनीमाथि लागेको थियो । एउटा मामलामा, झोङले एक व्यापारीलाई १.७ लाख वर्ग मिटर जग्गामा हाईटेक इन्डस्ट्रियल इस्टेट बनाउने ठेक्का दिएकी तिहीं । यस व्यापारीको झोङसँग घनिष्ठ सम्बन्ध थियो ।
यो सम्झौताबाट झोङलाई पनि धेरै फाइदा भयो ।रिपोर्टका अनुसार, झोङले आफ्नो व्यक्तिगत सम्बन्ध भएका कम्पनीहरूलाई मद्दत गर्थिन् । अप्रिल २०२३ मा, गुइझाउ प्रान्तको सुपरिवेक्षण समितिले झोङविरुद्ध अनुसन्धानको घोषणा गर्यो । सो अवधिमा झोङमाथि ५८ पुरुषसँग शारीरिक सम्बन्ध राखेको आरोप पनि लागेको थियो ।
यीमध्ये धेरै जसो व्यक्तिहरू थिए जसको व्यवसायबाट झोङले फाइदा उठाएका थिए । कतिपयमा झोङ याङसँग काम गर्ने व्यक्तिहरू पनि थिए । चिनियाँ सञ्चारमाध्यमका अनुसार झोङले यी व्यक्तिहरूलाई व्यापार यात्रा वा ओभरटाइमको बहानामा भेट्ने गर्थिन । झोङलाई गत वर्ष अप्रिलमा पक्राउ गरिएको थियो ।
यसपछि, सेप्टेम्बर २०२३ मा, चीनको सिन्ह्वा समाचार एजेन्सीले आफ्नो रिपोर्टमा झोङलाई कम्युनिष्ट पार्टी र नेसनल पिपुल्स कंग्रेसबाट निष्कासन गरिएको बताएको थियो । उनीमाथि बनेको डकुमेन्ट्रीमा झोङ याङले आफूले गरेको कामप्रति पश्चाताप भएको बताएकी छन् । उनी अब आफ्ना सहकर्मी, परिवार र राजनीतिक नेताहरूसँग आँखा सम्पर्क गर्न सक्दैनन् ।
'मैले सोचें कि यस तरिकाले मलाई राजनीतिक मुद्दाहरूमा मद्दत गर्न केही भरपर्दो व्यवसायीहरू पाउँछन्,' झोङले भनिन्, 'मेरा आमाबाबुले मलाई काममा इमानदार हुन सल्लाह दिए, तर मैले उनीहरूको कुरा सुनिन ।'
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमोदी र बाइडेनबीच भेटवार्ता
असोज ६, २०८१ आइतबार
इजरायल र हिजबुल्लाहको विवाद के हो ?
असोज ६, २०८१ आइतबार
श्रीलंकाको राष्ट्रपति निर्वाचन: दिसानायक अगाडी, विक्रमासिङ्घे तेस्रो स्थानमा
असोज ६, २०८१ आइतबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
असोज ६, २०८१ आइतबार
क्रिप्टोको ५० लाखले काठमाडौं प्रहरी परिसरलाई तनाव !
असोज ६, २०८१ आइतबार
कुलमान र उपसभामुखलाई हटाउन खोज्दा सरकार सुरुमै असफल भयो : प्रचण्ड
असोज ५, २०८१ शनिबार
प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्व सूचना सटिक रुपमा दिन सकिछ : मन्त्री पाण्डे
असोज ६, २०८१ आइतबार
ग्रिनलेकमा राष्ट्रिय झण्डा फराइँदै
असोज ६, २०८१ आइतबार
मोदी र बाइडेनबीच भेटवार्ता
असोज ६, २०८१ आइतबार
सुनको मूल्य हालसम्मकै उच्च, १७ सयले बढेर १ लाख ५७ हजारमा कारोबार
असोज ६, २०८१ आइतबार
संयुक्त राष्ट्रसंघको मुख्यालय भवन
असोज ६, २०८१ आइतबार
न्यूरोडमा फुटपाथ विस्तारको काम अन्तिम चरणमा फोटो फिचर
असोज ६, २०८१ आइतबार