नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार ९:५९:१४
६ असोज, काठमाडौं । एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी (एस)भित्र विवाद बढ्दै जाँदा नेताहरूबीच बोलचाल बन्द भएको छ । अध्यक्ष माधव नेपालसँग केही नेताहरूले बोलचाल नै बन्द गरेका हुन् । महाधिवेशन र पदाधिकारी निर्वाचनबाट सुरु भएको असन्तुष्टि चर्कँदै गएपछि केही नेताहरु पार्टीका औपचारिक कार्यक्रममै उपस्थित हुन छाडेका छन् भने केहीले पार्टी अध्यक्षसँग बोलचाल नै बन्द गरेर बसेका छन् ।
पदाधिकारी निर्वाचनमा पराजय बेहोरेसँगै केही नेताहरूले नेतृत्वबाट नै गुटबन्दी गरेको आरोप लगाउँदै उनीहरू पार्टी गतिविधिमा जान छाडेका हुन् । नेताहरु रामकुमारी झाँक्री, प्रेम आले, किसान श्रेष्ठ, जीवनराम श्रेष्ठ, धनबहादुर बुढा र विरोध खतिवडा, भानुभक्त जोशी, लगायतका नेताहरु पार्टी गतिविधिबाट बाहिर रहेका छन् । अमर बहादुर थापा पनि जान छाडेका छन् । उनीहरुलाई पार्टी अध्यक्ष माधव नेपालले पनि निको मानेका छैनन् । पार्टीको गतिविधिभन्दा बाहिर बस्ने, पार्टीलाई गाली गर्ने नेताहरूको हिसाबकिताब हुने भन्दै कारवाहीको चेतावनी दिएपछि उनीहरू झन चिढिएका छन् ।
उनीहरू पदाधिकारी निर्वाचन यताका पार्टीका महत्वपूर्ण बैठकहरूमा लगातार अनुपस्थित भएका हुन् । शुक्रबारको कार्यक्रममा पनि अध्यक्ष माधवकुमार नेपालले अब यसप्रकारको असन्तुष्टि पार्टीका लागि सह्य नहुने बताएका थिए । उनले असन्तुष्टिका कुरा पार्टीभित्र आन्तरिक बैठक छलफलमा गर्न सकिने तर निर्वाचनमा पराजय हुनसाथ पटक–पटक असन्तोष व्यक्त गर्नु राम्रो नभएको बताउँदै यसको हिसाबकिताब हुने चेतावनी दिएका थिए ।
‘दर्जनौं चिट बाँडिएको रहेछ, चिटमा नाम भएकाहरू पनि हारेका छन्, नभएकाहरु पनि जितेका छन् । त्यसैले चिटले मात्रै काम गरेको छैन । कमजोरी गर्नेहरूले मम भनौं । त्यसलाई हामी प्रोत्साहन गर्न चाहँदैनौँ । पार्टीका केही नेताहरूको अभिव्यक्ति पनि बाहिर आएका छन् । ती अभिव्यक्तिले पनि निकै तरंग पैदा गर्यो । त्यस्ता गल्ती आगामी दिनमा नदोहरियोस् भनेर आत्मालोचना पनि गर्नुभएको छ,’ अध्यक्ष नेपालले भनेका छन् । साथै उनले आफू चुनावमा नजितेपछि असन्तोष पोख्दै हिँड्नु गलत भन्दै त्यस्तालाई धेरै पटक छुट दिन नसकिने बताएका थिए
गत असारमा भएको पार्टीको महाधिवेशनबाट अध्यक्ष, सम्मानित नेता र महासचिवसहित ९० केन्द्रीय सदस्यको टुंगो लाग्यो । बाँकी सहमतिमा चयन गर्ने भनिए पनि पदाधिकारीदेखि पोलिटब्युरोसम्म निर्वाचन भएको थियो । निर्वाचनमा महिला उपाध्यक्षमा उम्मेदवारी दिएकी रामकुमारी झाँक्रीले पराजय बेहोरिन । झाँक्री आफूलाई हराउन नेतृत्व नै सक्रिय भएको आरोप लगाउँदै पार्टी गतिविधिबाट टाढिने भएकी छिन् । उनले पुरानै पार्टी एमालेमा फर्कने या अन्य विकल्पबारे सोच्ने भन्ने विषयमा असन्तुष्ट नेताहरूसँग संवादमा गरिरहेकी छिन् । यसअघि पुष्पकमल दाहाल नेतृत्व सरकारमा पार्टीले सरकारमा सहभागी नगराएपछि नेतृत्वप्रति असन्तुष्ट प्रेम आले र किसान श्रेष्ठ पार्टीको सम्पर्कबाहिर रहेका छन् ।
तीमध्ये सांसद प्रेम आले केन्द्रीय सदस्यमा समेत अटाएका छैनन् । २ वर्षअघि पनि तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारबाट मन्त्री फिर्ता बोलाउने विषयमा विवाद चर्किएपछि तत्कालीन पर्यटनमन्त्री आलेसहित ६ सांसदले पार्टी नेतृत्वविरुद्ध हस्ताक्षर नै गरेका थिए । अहिले विरोध खतिवडा पनि सन्तुष्ट छैनन् । भानुभक्त जोशी र अमर थापाको पनि उही हालत रहेको स्रोतको दावी छ । उनीहरू मध्ये एमालेसँग नजिक हुन थालेको स्रोतले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
महन्थ ठाकुरले ८ जनालाई लोसपाको केन्द्रीय सदस्य बनाए
पुष ३, २०८१ बुधबार
प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण
पुष ३, २०८१ बुधबार
शर्मा भारत र तिम्सिना मलेसियाको राजदूतमा नियुक्त
पुष ३, २०८१ बुधबार
५ अंकले घटेर २६२८ मा बन्द भयो नेप्से, ४ अर्ब २७ करोडका शेयर किनबेच भए
पुष ३, २०८१ बुधबार
स्वास्थ्य विज्ञान प्रतिष्ठान मधेसमा एमबीबीएस अध्यापन सुरु
पुष ३, २०८१ बुधबार