क्रिप्टोको ५० लाखले काठमाडौं प्रहरी परिसरलाई तनाव !
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार १०:३:२२
६ असोज, काठमाडौं । क्रिप्टोकरेन्सी कारोबारीको आरोपमा पक्राउ परेका व्यक्तिबाट ५० लाख रुपैयाँ असुलेको विषयलाई प्रहरीभित्रै सामसुम बनाउन खोजिएको छ । एआईजी किरण बज्राचार्यले एसपी प्रजित केसीको संयोजकत्वमा बनाएको छानबिन समितिले अहिलेसम्म प्रतिवेदन नबुझाई बसेकाले पनि सामसुम बनाउन खोजिएको आशंका गरिएको छ ।
काठमाडौं प्रहरी परिसरले छानबिन गर्न समिति बनाएको भएपनि त्यसलाई निस्कृय बनाएर उपत्यका प्रहरी कार्यालयले बनाएको समिति सक्रिय बनाइएको थियो । तीन साता अघि भएको सो घटनाको छानवीन अझै नसकिनुमा यत्तिकै ढिसमिस पार्न खोजिएको आशंका गरिएको एक प्रहरी अधिकृतले बताए । यदि त्यसो भएमा त्यसको असर काठमाडौं परिसरका प्रमुख एसएसपी वसन्त रजौरेलाई समेत पर्ने देखिएको छ । उनी मातहतकै प्रहरी कर्मचारी समेत त्यसमा जोडिएका थिए । यो विषयमा एसएसपी रजौरे अहिलेसम्म मौन रहेका छन् ।
काठमाडौं प्रहरीको टोलीले क्यानडाबाट नेपाल फर्किएका आचार्य थरका एक युवालाई अनामनगरबाट सोधपुछका लागि परिसरको कार्यालय भद्रकाली लगेर थियो । उनीमाथि नेपालमा अवैध मानिएको क्रिप्टोकरेन्सी कारोबार गरेको सूचना प्रहरीले पाएको थियो । त्यही क्रममा सोधपुछका लागि उनलाई नियन्त्रणमा लिएर परिसर लगेर रकम असुल गरी छाडेको थियो ।
नियन्त्रणमा लिएका युवालाई शुरूमा थुनामा राखिएको थियो । प्रहरीले सोधपुछका लागि आरोपीलाई २४ घण्टा थुनामा नराखी आरोपीसँग ५० लाख उठाएर छाडिएको घटनाले यतिबेला प्रहरी संगठनभित्रै चर्चा चलेको छ । ५० लाख घुस दिएपछि अहिले ती युवा क्यानडा पुगिसकेका छन् । पक्राउ परेका ती युवाका दिदीले भाइ नेपालमै हुँदा आफूले तिरेको ५० लाख रूपैयाँबारे प्रहरीलाई जानकारी गराउँदा भाइको क्यानडा यात्रा अनिश्चित हुने भएकाले जानकारी नदिएको बताएकी थिइन । त्यसपछि मात्रै प्रहरीले रकम असुलेको घट्नाबाहिर आएको थियो ।
तर, भाइ उडेपछि उनी आफैँ काठमाडौं प्रहरी कार्यालय पुगेर यो विषय जानकारी गराएकी थिइन । पक्राउ परेका युवाका दिदीको गुनासोपछि काठमाडौं प्रहरीले आन्तरिक छानबिन थाल्यो तर यसबाट कुनै निष्कर्ष नआउने देखेपछि उपत्यका प्रहरी कार्यालयले छानबिन थालेको थियो । छानबिनका क्रममा पक्राउ परेका युवाका दिदीबाट प्रहरीलाई बुझाउनुपर्छ भन्दै ५० लाख रुपैयाँ लिने बिचौलिया र साइबर अपराध मुद्दा फाँटका सहायक हवल्दार गणेश खड्काको ‘कनेक्सन’ देखिएको थियो ।
प्रहरीले तिनलाई नियन्त्रणमा राखेर अनुसन्धान थालेको पनि तीन साता बित्न लागेको छ । प्रहरी अधिकारीका अनुसार, बिचौलियासमेत प्रहरीले क्रिप्टो कारोबारीको आशंकामा पक्राउ गरेका युवाका निकट साथीमात्रै होइनन्, क्यानडा बस्दाका रुम पार्टनर समेत हुन् । प्रहरीलाई क्रिप्टोबारे सूचना दिने समेत तिनै बिचौलिया भएको खुलेको छ । प्रहरी अधिकारीका अनुसार, पक्राउ परेका युवाको दिदीले ५० लाख रुपैयाँ दिएको खुलेपछि त्यो रकम प्रहरीसम्म पुग्यो कि पुगेन भन्नेबारे खुलेको छैन । बिचौलियासमेत नेपाल छाडेर भागिसकेका छन् ।
यस विषयमा जिज्ञासा राख्दा परिसरका प्रवक्ता एवं एसपी नवराज अधिकारीले उपत्यका प्रहरी कार्यालयले छानविन गरिरहेकाले उतै बुझ्न आग्रह गरे । आज छानविन सकिएर साँझ प्रतिवेदन बुझाउने तयारी गरिरहेको उपत्यका प्रहरी कार्यालयका एसपी केसीले नेपालबहसलाई बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचाडपर्व लक्षित विशेष सुरक्षा योजना कार्यान्वयन गर्न निर्देशन
असोज ८, २०८१ मंगलबार
बागमती नदीमा बेपत्ता युवकको १९ घन्टापछि शव बरामद
असोज ८, २०८१ मंगलबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
असोज ८, २०८१ मंगलबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
नेपालबहस संवाददाता
असोज ८, २०८१ मंगलबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
असोज ८, २०८१ मंगलबार
सय रुपैयाँमा मिनिरल वाटर बेच्ने जिम्बु थकालीलाई ३ लाख जरिवाना
असोज ७, २०८१ सोमबार
चाडपर्व लक्षित विशेष सुरक्षा योजना कार्यान्वयन गर्न निर्देशन
असोज ८, २०८१ मंगलबार
वर्षा नहुँदा धान उत्पादक किसान चिन्तित
असोज ८, २०८१ मंगलबार
कुमारी बैंकको गोर्कणेश्वर नगरपालिकामा महिला उद्यमी प्रशिक्षण सम्पन्न
असोज ८, २०८१ मंगलबार
झुट्ठो विवरण पेस गरी नागरिकता बनाएको अभियोगमा पक्राउ
असोज ८, २०८१ मंगलबार
फोहोर पानी प्रशोधन केन्द्रको काम समयमै सक्न खानपानीमन्त्रीको निर्देशन
असोज ८, २०८१ मंगलबार