भ्रष्टाचारविरोधी भन्नेहरू उल्टो यात्रामा जोरजुलुम, जनता सधैं मारमा ?
भेषराज पोखरेल
असोज ६, २०८१ आइतबार १०:२५:३४
आफूलाई भ्रष्टाचारविरोधी भनेर जनतामाझ चिनाउन लागिपर्ने नेताहरु नै आफ्ना गलत कामहरू छेक्न अनेक उपाय गर्नु कस्तो नैतिकता होला ? यस्तो अवस्था देश र जनतामाथिको बेइमानी नै हो । भर्खरै सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले आफ्नो प्रतिवेदन संसदमा बुझाएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सहकारीको रमक अपचलन त भयो तर त्यसबाट बच्न गरेका उपायले नेतृत्वको इमान्दारी माथि नै प्रश्नचिह्न लगाएको छ ।
हुन त भ्रष्टाचार, अनियमितता, तस्करीका काममा आफ्नो बचाउ गर्न र जनताको मुख थुन्न अन्य नेताहरूले पनि अनेक उपाय गर्दै आएका छन् नै । आफूलाई भ्रष्टाचारविरोधी भनेर जनतासामू स्थापित गर्न चाहने लामिछानेले आफू प्रबन्ध निर्देशक भएको समयमा ठूलो रकम आफ्नो संलग्नताबिना आयो भन्न खोज्नु डरलाग्दो हो । अर्को, आफू संलग्न संस्थामा आएको जनताको ठूलो रकम आफ्नो तजबिजमा त खर्च भयो तर त्यो कसरी र कहाँबाट आयो भन्ने कुरा मलाई थाहा नै भएन भनेर चोखिन खोज्नु राजनीतिक नैतिकताभन्दा परको कुरा हो । पुराना छोड, नयाँ चुन भन्ने अभियानमा रहेका र केही रुपमा सफल भएका नेतामा भएको यो व्यवहार अन्य दलका पुराना नेताको भन्दा के फरक भयो र ? यो त अझ खतरनाक हो ।
संसदीय प्रतिवेदनले राष्ट्रिय स्वतन्त्र गोरखा मिडियामा प्रबन्ध निर्देशक हुँदा विभिन्न पाँचवटा सहकारीबाट पैसा निकाल्दा प्रत्यक्ष: आफ्नो नाम उपयोग नगरेको प्रतिवेदन दियो । प्रतिवेदनमा उनी सो संस्थाको प्रबन्ध निर्देशक हुँदा गैरकानुनी रुपमा सहकारीबाट ६५ करोड रुपैयाँ आएको र सो रकम खर्च गरेको उनको संलग्नता रहेको देखाएको छ । रास्वपाका अध्यक्ष लामिछानेले सीधै रुपमा मिडिया संस्था चलाउन सहकारीबाट ऋण लिएको र संस्था चलाउँदा घाटा पर्न गएकाले कुनै उपायबाट तिर्छौं वा सो संस्थाले तिर्ने वातावरण बनाएर छाडेको भए त्यसलाई ठगी भन्न मिल्ने थिएन ।
त्यो असफलताले उब्जाएको समस्या भन्न मिल्थ्यो तर अपारदर्शी रुपमा अन्य माध्यम प्रयोग गरेर संस्थामा पैसा ल्याउने र खर्च गर्ने तथा त्यसको जिम्मवार नलिने व्यवहार ठगी नभएर के हो ? ठग्ने भनेको सहकारी वा कुनै पनि वित्तीय संस्थाबाट ऋण लिएर लगानी गर्नु होइन, यस्तै चोरबाटोबाट पैसा लिने र सकेसम्म कानुन छल्न प्रयास गर्नु त हो नि । लामिछानेले गोर्खा मिडियाका छँदा सरकारबाट भएका कमीकमजोरी खोज्ने र सीधा रुपमा कहिलेसम्म त्यसको समाधान गर्छौ भनेर सोध्ने गर्दा नै उनले जनताको मन जितेका थिए । अरुलाई सोध्ने, दबाब दिने तर जनताको धनमाथि आफूले धेरै ठूलो घोटाला गर्नु कस्तो नैतिकताभित्र पर्ला ?
रवि लामिछानेले सहकारीको रकम हिनामिनामा संलग्न त भए नै उनले आफ्ना दलका नेता, कार्यकर्तालाई पनि ठग्न थालेका छन् । संसदीय छानबिन समितिले गोरखा मिडियामा अवैधानिक रुपमा विभिन्न पाँच सहकारीबाट ठूलो रकम आएको र सो रकम तत्काली प्रबन्ध निर्देशका उनीसहित चारजनालाई कारबाही गर्न स्पष्ट किटान गरेर संसदलाई प्रतिवेदन बुझायो । सोही दिन उनले आफ्नो दलका नेता, कार्यकर्तालाई आफूले क्लिन चिट पाएको बताए । तत्कालीन रुपमा उनी संलग्न भएको संस्थामा जुन तरिकाले त्यति ठूलो रकम आयो, सो रकम जसरी खर्च गर्नमा उनको प्रमुख भूमिका रह्यो त्यसलाई निर्दोषता मान्ने हो भने उनको दलका नेता, कार्यकताले देशका धेरै ठूलो संख्याका ऋण सहकारी संस्थामा भएको जनताको बचत ठगीलाई कसरी लेलान् ? उनीहरुलाई नै तिनको छानबिन र कारबाहीको सिफारिस गर्न जिम्मा दिने हो भने कस्तो प्रतिवेदन देलान् ? उनीहरुले सरकार बनाउने अवस्था वा मुख्य भूमिकामा रहने अवस्थामा आए सहकारीपीडितलाई कस्तो न्याय देलान् ? एउटा उदाउँदो रुपमा जनताको आशाको केन्द्र बन्दै गरेको दलका अध्यक्षले कार्यकर्तालाई यसरी प्रशिक्षित बनाउन खोख्नु डरलाग्दो अवस्था हो ।
राजनीतिक दलका शीर्ष नेताहरु प्रायः सबैले आफूले सीधै रकम नलिने तर तस्करीलाई बढावा दिएर चोर बाटोबाट रकम लिने वा सधंै पैसा कमाउने बाटो बनाउने गर्दै आएका छन् । उनीहरुले दलालीबाट आएका योजनालाई राष्ट्रका योजनामा संलग्न गराउने, ठेक्कामा अनेक रुपमा रकम लिने वा आफ्ना मान्छेले लिने वातारण बनाउन सहयोग गर्ने, विभिन्न खालका दबाब बढाउने गर्दै आएका छन् । जसले गर्दा ठेकेदारले समयमा काम गर्न नसक्ने तथा गुणस्तर खस्काउने अवस्था सिर्जना भइरहेको छ । रवि लामिछानेको प्रकरण पनि योभन्दा कम्ती होइन । उनले सरकार बनाउने अवस्थामा यस्ता कुरामा संलग्न नभएर हटाउलान् भने आशा गर्ने ठाउँ रहँदैन ।
रवि लामिछानेले पुराना दलका नेताहरूलाई तिमीहरू भ्रष्टाचारी भनेर लल्कारेका त छन् तर यो यो क्षेत्रमा यति भ्रष्टाचार भयो ? यो सीधा भ्रष्टाचार हो, यो नीतिगत भ्रष्टाचार हो भन्ने कुरा अहिलेसम्म भन्न सकेका छेनन् । उही कम्युनिष्ट दल फुट्दा एक आपसमा भ्रष्टाचारी भनेर डरलाग्दा आरोप लगाउने तर आफू सरकारमा पुग्दा त्यसको प्रमाण खोजेर कारबाही नगर्ने बरु आफू बलियो बन्ने अवस्था आए सहकार्य गर्ने जस्तो उनको व्यवहार देखिएको छ । उनको दलका नेता, कार्यकताहरु पनि कांग्रेस, एमाले, माओवादी दलका नेता कार्यकर्ताले सभापति शेरबहादुर दउवा, अध्यक्ष केपी ओली तथा पुष्पकमल दाहालको वरिपरि रिंगने अवस्था मात्रै देखिएको छ । उनकै जनतामा परेका पुरानो छाप भजाएर नेता भइरहिएला भनेर वरिपरि घुम्न थालेको अवस्था नै देखिएको छ ।
सक्षम युवा विशेषज्ञहरू रास्वपाका नता भएको प्रचार गरिए पनि कसैले पनि देश कुन अवस्थामा छ, अर्थतन्त्र तत्काल के उपाय अपनाएर उकास्न सकिन्छ, युवालाई रोक्ने ठोस उपाय के हुन सक्छ ? भन्ने कुराको अध्ययन गरेर जनतासामू पेस गर्न सकेको देखिँदैन । शिक्षा, स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्दै जनमुखी बनाउन कस्तो ठोस नीति लिने, अन्तर्राष्ट्रिय नीतिमा पुराना दल कहाँ चुके ? तथा अहिलेजस्तो आन्तरिक र बाह्य लगानी उत्साहित नभएको अवस्थाको कारण र सुधारका उपायका बारेमा चासो देदिएको देखिन्न । हामी फरक हौं भन्दै जनताबीचमा लोकपृय हुन थालेको दल गम्भीर विषयलाई पनि हल्का रुपमा लिने, जिम्मेवारभन्दा प्रचारमा बढी रमाउने, राष्ट्रिय विषयमा बेखबर वा बेवास्ता गर्यो भनेर लेख्दा दुःख लागेको छ तर यथार्थ उजागर नगर्ने हो भने त्यो त प्रवृत्ति नै बन्ने हो । भ्रष्टाचारविरोधी दलका रुपमा उभ्याउन प्रयास गर्ने दलका अध्यक्षको उल्टो यात्रा र त्यसैलाई वाहवाही गर्ने नेताहरूको व्यवहारले व्यवहारले मन अमिलो बनाएको छ ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपबिर्सिन नसकिने प्रतियोगिता एनपिएल क्रिकेट
पुष ७, २०८१ आइतबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार
ठूलो जनशक्तिलाई बेरोजगार बनाएको शिक्षाका कुरा गरौँ
पुष २, २०८१ मंगलबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार
रुखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
पुष ७, २०८१ आइतबार