नागरिक उड्यन प्राधिकरणका महानिर्देशकलाई बर्खास्त गर्न माग पोखरामा विरोध प्रदर्शन
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार १३:२५:३२
६ असोज, पोखरा । पोखरामा भ्रष्टाचारविरुद्धको विरोध प्रदर्शन आज सम्पन्न भएको छ। राष्ट्रिय एकता अभियान, पोखराको आयोजनामा जिल्ला प्रशासन कार्यालय कास्कीको अगाडि 'सहिद चोक' मा आयोजित धर्नामा १५० भन्दा बढी सहभागीले विमानस्थल निर्माणमा भएको भ्रष्टाचार र नागरिक उड्यन प्राधिकरणका भ्रष्ट महानिर्देशकलाई बर्खास्त गर्न माग गरे।
धर्नाको नेतृत्व जिल्ला संयोजक टिका छिरिंगले गरेका थिए भने केन्द्रीय सदस्य ध्रुव चालीसे, केन्द्रीय अध्यक्ष विनय यादव, र स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो।
सहभागीहरूले 'पोखरा अन्तराष्ट्रिय विमानस्थल पूर्णरुपले संचालन गरू, 'विमानस्थल निर्माणमा भएको भ्रष्टाचारको छानबिन गर', 'नागरिक उड्यन प्राधिकरणका असफल तथा भ्रष्ट महानिर्देशकलाई बर्खास्त गर', 'चिनियाँ राजदूतसँग कूटनीतिक नोट माग गर' लगायतका नारासहित प्लेकार्ड बोक्दै नारा जुलुस गरेका थिए।
प्रदर्शनकारीहरूले पोखरा अन्तराष्ट्रिय विमानस्थलको पूर्ण संचालन र निर्माणमा भएको प्राविधिक त्रुटिको समाधान गर्न जोडदार माग राखेका छन्। साथै, विमानस्थलको निर्माणमा लागेको चर्को ब्याजदरको ऋणलाई अनुदानमा परिणत गर्न सरकारलाई पहल गर्न आग्रह गरेका छन्।
उक्त धर्ना कार्यक्रममा पोखराका नागरिकहरूले भ्रष्टाचारविरुद्धको आवाजलाई बलियो बनाउँदै, विमानस्थल सञ्चालन र भ्रष्टाचारको छानबिनमा तत्काल कदम चाल्न सरकारलाई चेतावनी दिएका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय किताब खानाका शाखा अधिकृत प्रसाईं घुससहित पक्राउ
पुष १४, २०८१ आइतबार
घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर
पुष ११, २०८१ बिहिबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
युक्रेनमा पश्चिमी शान्ति सैनिकको रुसद्वारा विरोध
पुष १५, २०८१ सोमबार
च्याउको गुणस्तरीय बिउ उत्पादनमा ध्यान दिन कृषि मन्त्री अधिकारीको आग्रह
पुष १५, २०८१ सोमबार
पोखरा अन्तर्राष्ट्रिय ड्रागन बोट दौडको उपाधि चीनलाई
पुष १५, २०८१ सोमबार
‘कला, संस्कृति र इतिहासको अभिलेख राख्न जरुरी’
पुष १५, २०८१ सोमबार
परम्परागत शिक्षाले विद्यार्थीलाई विदेशीको कामदारमात्रै बनायोः महासचिव पोखरेल
पुष १५, २०८१ सोमबार
हिउँ जमेपछि कर्णाली राजमार्गको सातमोडमा सडक अवरुद्ध, यात्रु सडकमै अलपत्र
पुष १५, २०८१ सोमबार