आइतबार ११ अंकले बढेर २५८८ विन्दुमा रोकियो नेप्से, ५ अर्ब ९ करोडको शेयर किनबेच
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार १५:४८:२५
६ असोज, काठमाडौं । आइतबार नेप्से परिसूचक ११ अंकले बढेर २५८८. ३५ विन्दुमा रोकिएको छ । यस दिन ३२५ कम्पनिको कारोबार हुँदा एक करोड २४ लाख ८५ हजार ७३१ कित्ता शेयर ५ अर्ब ९ करोड २९ लाख ४८ हजार ६९० को खरिद बिक्री भए । बैंकिङ समूहको उच्च वृद्धिले शेयर बजार दोहोरो अंकमा बढ्यो । बजार बढे पनि कारोबार रकम भने खुम्चिएको छ । अघिल्लो दिन ५ अर्ब ६६ करोडको कारोबार भएकोमा आज ५ अर्ब ९ करोडमा खुम्चियो ।
बजार खुलेपछि आक्रामक बढ्ने संकेत देखिए पनि निरन्तरता दिन सकेन । बजार खुलेको पाँच मिनेटमै नेप्से २६४२ अंकसम्म पुगेको थियो, जुन इन्ट्राडे कारोबारकै अधिक अंक रह्यो । दिउँसो २ ः २७ बजे २५७० अंकसम्म झरेको थियो । त्यसपछि बजार केही सम्हालियो । विकास बैंक ०.६६, हाइड्रोपावर ०.३१, लगानी ०.६२, जीवन बीमा ०.२४, निर्जीवन बीमा ०.४७, अन्य ०.४१ र व्यापार ०.०७ प्रतिशत बढे । माइक्रोफाइनान्स ०.१८, उत्पादन ०.१९, होटल तथा पर्यटन ०.६१ र फाइनान्स समूह ०.१७ प्रतिशत घटे ।
१३८ कम्पनीको मूल्य बढ्दा ९४ को घट्यो भने १२ को स्थिर रह्यो । बैंकिङ सबैभन्दा धेरै १.०१ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर, एनएलजी इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स, नेपाल फाइनान्स र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहे ।
इस्टर्न हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त तथा अपर स्यांगे हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । सयपत्रि हाइड्रोपावरको ८.३, स्टान्डर्ड चार्टड बैंकको ३.९७, मध्यभोटेकोशीको ३.८ प्रतिशत मूल्य बढ्यो । रावा इनर्जीको मूल्य ८.६ प्रतिशत घट्यो । स्वरोजगार लघुवित्तको ७.४ तथा साहस ऊर्जाको ४.२ प्रतिशत मूल्य घटेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप४ अंकले बढेको बजारमा ५ अर्ब ३३ करोडका शेयर किनबेच भए, अधिकांश कम्पनीको मूल्य घट्यो
पुष ११, २०८१ बिहिबार
धितोपत्रको नयाँ लाइसेन्स वितरणमा प्रधानमन्त्रीको रुची, सेटिङमा विचौलिया !
पुष ९, २०८१ मंगलबार
१४ अंकले बढेर २६२६ विन्दुमा रोकियो नेप्से, सोमबार भन्दा ७७ करोड बढी भयो कारोबार
पुष ९, २०८१ मंगलबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
लिलाको सकिएपछि रवि लामिछानेको सुरु भयो बयान
पुष ११, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार
पुष ११, २०८१ बिहिबार
विज्ञापनको विश्वासले निम्त्याउने स्वास्थ्य सङ्कट
पुष १२, २०८१ शुक्रबार
कैलास मानसरोबरको सिजन सुरुः पैसा असुल्न एजेन्सीको होडवाजी, यसरी ठगिन्छन् तिर्थालु
पुष १२, २०८१ शुक्रबार
महोत्तरीसहित मधेशका जिल्लामा सख्खर र तिलको कारोबार सुरु
पुष १२, २०८१ शुक्रबार
कालीगण्डकी मत्स्य ह्याचरीद्वारा यस वर्ष आठ लाख भुरा उत्पादन
पुष १२, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीले तीन उपकुलपतिलाई गराए शपथ
पुष १२, २०८१ शुक्रबार
दशगजा वारिपारि पहेंलपुर तोरीबारी
पुष १२, २०८१ शुक्रबार