अलाबामामा गोली चल्दा चारको मृत्यु, दर्जनौं घाइते
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार १६:३७:४२
६ असोज, वासिङ्टन । अमेरिकी राज्य अलाबामामा एक सशस्त्र समूहले भीडमा गोली चलाउँदा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको प्रहरीले शनिबार जनाएको छ।
“बर्मिङगमको फाइभ पोइन्ट्स साउथ जिल्लामा राति ११ः०० बजेपछि बन्दुकधारीले मानिसहरूको भीडमा गोली प्रहार गरेका हुन्,” प्रहरी अधिकारी ट्रुम्यान फिट्जजेराल्डले स्थानीय सञ्चारमाध्यमलाई बताए ।
सुरक्षा अधिकारीहरूले दुई वयस्क पुरुष र एक वयस्क महिला गोली लागी फुटपाथमा लडेको फेला पारेको फिट्जगेराल्डले बताए । तिनै जनालाई घटनास्थलमा नै मृत घोषित गरिएको थियो भने घटनामा घाइते भएका चौथो व्यक्तिको उपचारका क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको उन बताए ।
घटनामा दर्जनौं मानिसहरू घाइते भएको फिट्जगेराल्डले बताए । “प्रहरीले उक्त घटनासँग सम्बन्धित कसैलाई हिरासतमा लिएको छैन,” प्रत्यक्षदर्शी नागरिकलाई अनुसन्धानमा मद्दत गर्न सक्ने कुनै पनि जानकारी प्रदान गर्न आग्रह गर्दै उनले भने ।
सङ्घीय अनुसन्धान विभाग र मादक पदार्थ, सुर्ती, बन्दुक र विष्फोटक पदार्थ नियन्त्रण विभागसहित धेरै विभागहरू अनुसन्धानमा खटिएका छन् । शनिबार राति घटनास्थलमा अग्नि नियन्त्रण अधिकारीको एक टोली त्यहाँ पुगेको थियो र त्यस क्षेत्रलाई घेराबन्दी गरिएको थियो।
‘गन भायोलेन्स आर्काइभ (जीवीए)’ का अनुसार यस वर्ष अमेरिका भरि कम्तीमा ४०३ वटा सामूहिक बन्दूक आक्रमणका घटना भएका थिए । अमेरिकामा यस वर्ष बन्दुक आक्रमणमा कम्तीमा १२ हजार ४१६ जनाको मृत्यु भएको जीवीएले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
खोलामा तरकारी खेती
पुष १, २०८१ सोमबार
सानेपामा कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक
पुष १, २०८१ सोमबार
मिनी बस दुर्घटना हुँदा २ जनाको मृत्यु, १२ घाइते
पुष १, २०८१ सोमबार
दूध बेचेरै मासिक एक लाख बढी आम्दानी
पुष १, २०८१ सोमबार
पूर्वमेयर सिंहको निधनमा काठमाडौं महानगरपालिकामा शोक बिदा
पुष १, २०८१ सोमबार