बागमती सरकारद्वारा ६७ बुँदे न्यूनतम साझा कार्यक्रम सार्वजनिक
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार २०:६:३१
६ असोज, मकवानपुर । बागमती प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)सहित बनेको गठबन्धन सरकारले न्यूनतम् साझा कार्यक्रमको सार्वजनिक गरेको छ । प्रदेशसभा सचिवलायमा मुख्यमन्त्री बहादुरसिंह तामाङले सरकारको न्यूनतम् साझा कार्यक्रम सार्वजनिक गर्दै त्यसमा आर्थिक समृद्धि हासिलका साथै विकास पूर्वाधार निर्माणलाई जोड दिइएको बताए । पर्यटन क्षेत्रको विकास र सुशासन कायम गर्नेतर्फ विशेष ध्यान दिने विषय समेटिएको बताए ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले संसद्मा रहेका विभिन्न दलहरुको भावनालाई समेटेर राष्ट्रिय गौरवको आयोजना, विकासका पूर्वाधार तथा बजेटको बाँडफाँट निष्पक्ष ढङ्गबाट गरिने विषयलाई प्राथमिकता दिइएको बताए । राष्ट्रिय प्रजातन्त्र पार्टी बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले प्रदेश सरकार जनताप्रति जवाफदेही हुनुपर्नेमा जोड दिए।
सङ्घीय सरकारसँगको समन्वयमा प्रदेश प्रहरी तथा प्रदेश अनुसन्धान ब्यूरो स्थापना, तीनवटै तहका सरकारको अन्तरसम्बन्ध, सहकार्य, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित संवैधानिक व्यवस्थानको पूर्ण पालना, राष्ट्रिय हितको रक्षा र प्रदेशबासीको समृद्धि, सुशासन कायम गर्ने विषयलाई प्राथमिकता दिइएको छ । कार्यक्रममा प्रदेश सरकार मन्त्रिपरिषदका सदस्य, प्रदेशसभा सदस्य र सञ्चारकर्मीहरुको सहभागिता थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहिउँदमा पनि हटेन वाग्मती करिडोरको कालो पुलमुनि पानी जम्ने समस्या
पुष १, २०८१ सोमबार
एग्रो पुलिङ कार्यविधि’ र ‘लहरेबत्ती व्यवस्थापन कार्यविधि’ २०८१ स्वीकृत
मंसिर २४, २०८१ सोमबार
कारागारमा चाप बढेपछि कैदीबन्दी स्थानान्तरण
मंसिर २१, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
गाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार
बाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार
‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’
पुष ६, २०८१ शनिबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार