निर्वाचन प्रणालीलाई पारदर्शी बनाएर जनताको विश्वास जगाउनुपर्ने आवश्यकता छ : सभापति देउवा
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार २२:१५:३६
६ असोज, ललितपुर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन प्रणालीलाई पारदर्शी बनाएर जनताको विश्वास जगाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।संविधान दिवस, २०८१ का अवसरमा नेपाली कांग्रेस महिला विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘मिस्रित निर्वाचन प्रणाली’ विषयक विवेचनात्मक छलफल कार्यक्रममा सभापति देउवाले देशमा समावेशी प्रणाली मात्रै हैन, समावेशी समाज पनि आवश्यक छ, यसका लागि पारदर्शी, जवाफदेही र उत्तरदायी व्यवस्था तथा निर्वाचन प्रणाली लागू गर्नुपर्छ भने।
“नेपाल समावेशी राजनीतिमा आइसकेको छ, यसबाट पछि हट्दैन, हामीले शासन प्रणाली र निर्वाचन प्रणालीलाई अझ बढी पारदर्शी बनाएर जनताको विश्वास जगाउनुपर्ने आवश्यकता छ, नेपाल विभिन्न जातजातिको देश हो, शासनसत्तामा सबैको प्रतिनिधित्व मात्रै हैन, अधिकार प्राप्त भएको महसुस गराउन सक्नुपर्ने आवश्यकता छ, यसका लागि पार्टीले नेतृत्वदायी भूमिका खेल्छ”, उनले भने ।
सभापति देउवाले जनताको विश्वास आर्जन गर्नका लागि उत्तरदायी पार्टी बनाउनु छ, यसका लागि सबै मिलेर लाग्नुछ भने । समानुपातिक समावेशीतालाई अझ प्रभावकारी बनाउने सन्दर्भमा पार्टीमा बहस सुरु भएको उल्लेख गर्दै उनले बहसले अझ बढी स्थान पाउने विश्वास रहेको बताए ।
“हाम्रो देश एउटा समावेशी समानुपातिकको आधारमा अगाडि बढ्न लागिरहेको छ, यसका लागि जनता महत्वपूर्ण हुन्, सार्वभौमसत्ता सम्पन्न जनताको समर्थन अत्यन्तै आवश्यक हुन्छ, हाम्रो पार्टी प्रजातन्त्रका लागि स्थापित पार्टी हो, हामी सक्रिय भएर जनताको विश्वास जित्न लाग्नुपर्छ”, सभापति देउवाले भने।
पार्टीका महामन्त्री गगनकुमार थापाले सबैको प्रतिनिधित्व हुने निर्वाचन प्रणाली स्थापित हुनुपर्छ भन्ने अभियान नेपाली कांग्रेसले गरेको हो भने । “२०६२/६३ को आन्दोलनको नेतृत्व, संविधान निर्माणको नेतृत्व नेपाली कांग्रेसले गरेको हो, कांग्रेसले आन्दोलनबाट स्थापित गरेको समानुपातिक समावेशी प्रतिनिधित्व बढाउन लाग्नुपर्छ, हामी निर्वाचन प्रणालीलगायत धेरै विषयमा छलफल गर्छौं । तर समानुपातिक समावेशीता प्रतिनिधित्वमा पछाडि हट्ने निर्णय हुनै सक्दैन”, उनले भने ।
महामन्त्री थापाले २०४८ सालमा कांग्रेसले हासिल गरेअनुरुपको प्रतिशतमा सिट २०८४ सालमा हासिल गर्नेगरी लाग्छौँ भने । “प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीमा छलफलसँगै बहुमत ल्याउन सक्नेगरी नेतृत्वदायी भूमिकामा लागौँ, दलित, जनजाति र महिलाहरुको प्रतिनिधित्व बढाउने कुरा हुन्छ, घटाउने कुरै हुँदैन, दलले उम्मेदवार छनौट गर्ने विषयमा पनि बहस गरौँ, पार्टीभित्रै पनि सुधार गरेर प्रतिनिधित्व बढाउनुपर्नेछ, दलभित्र उम्मेदवार छनौटमा देखिएको समस्याको भारीलाई पनि समाधान गर्नुपर्नेछ”, उनले भने ।
उम्मेदवारको खर्चका विषयमा पनि सोच्नुपर्ने उल्लेख गर्दै महामन्त्री थापाले उम्मेदवारको अस्वाभाविक खर्चले निर्वाचनलाई महँगो बनाएको बताए। उनले राज्यबाटै कानुन बनाएर राजनीतिक दलको निर्वाचन खर्चको व्यवस्था गरिनुपर्नेमा जोड दिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेलाई बयानका लागि शनिबार काठमाडौं ल्याइने
मंसिर ७, २०८१ शुक्रबार
दरबार स्क्वायर परिसरमा विदेशी पर्यटकको घुइँचो
मंसिर ८, २०८१ शनिबार
‘ङत भुलु’ अर्थात् स्वेतकाली अजिमा बाह्रवर्षे जात्रा
मंसिर ८, २०८१ शनिबार
दुर्गा प्रसाईंको गाडीकोे ठक्करबाट घाइते मेहताको मृत्यु
मंसिर ८, २०८१ शनिबार
प्रधानमन्त्रीले भने, बुबा विरामी हुनुहन्छ
मंसिर ८, २०८१ शनिबार