हिजबुल्लाहविरुद्ध आवश्यक कारवाही गर्न तयार छौं : नेतान्याहु
नेपालबहस संवाददाता
असोज ७, २०८१ सोमबार १०:१४:२०
७ असोज, काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो सुरक्षालाई ध्यानमा राख्दै लेबनानसँग सीमा जोडिएका गाउँहरूमा बसोबास गर्न इजरायलले आवश्यक कदम चाल्ने बताएका छन्।हिजबुल्लाहसँग बढेको तनावलाई सम्बोधन गर्दै नेतन्याहूले सामाजिक सञ्जाल प्लेटफर्ममा पोस्ट गरिएको भिडियो सन्देशमा भने, '६० हजार इजरायलीहरूले नजिकैका क्षेत्रहरूबाट आफ्नो घर छोड्नु परेको छ ।'
उनले भने, 'त्यसपछि हिज्बुल्लाहले एक दिन पनि हामीमाथि आक्रमण गर्न छोडेको छैन ।' नेतान्याहुले भनेका छन्, ‘कुनै पनि देशले आफ्ना सहरमा बम विष्फोट सहने छैन, हामी पनि सहने छैनौँ ।' गत वर्ष अक्टोबर ७ मा इजरायलमा हमासले आक्रमण गरेपछि इजरायल र हमासबीच द्वन्द्व चलिरहेको छ ।
एकातिर इजरायलले आफ्नो दक्षिणी सिमाना नजिकै हमासलाई हटाउने प्रयास गरिरहेको बेला अर्कोतर्फ हिजबुल्लाहले पनि इजरायललाई आफ्नो उत्तरी सिमाना र लेबनानको दक्षिणी सिमानाबाट आक्रमण गर्न थालेको छ । यद्यपि, विगतका महिनाहरूमा इजरायलले हिजबुल्लाहका स्थानहरूलाई पनि निशाना बनाएको छ। यसै साता लेबनानमा सञ्चार उपकरणमा भएको विष्फोटपछि इजरायली रक्षामन्त्रीले सेना उत्तरतर्फ अघि बढिरहेको बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
सातौं राष्ट्रिय झण्डा दिवस: फोटो फिचर
पुष १, २०८१ सोमबार
खोलामा तरकारी खेती
पुष १, २०८१ सोमबार
सानेपामा कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक
पुष १, २०८१ सोमबार
मिनी बस दुर्घटना हुँदा २ जनाको मृत्यु, १२ घाइते
पुष १, २०८१ सोमबार
दूध बेचेरै मासिक एक लाख बढी आम्दानी
पुष १, २०८१ सोमबार