‘महालक्ष्मी साहित्य पुरस्कार’ महाकाव्यकार अर्याललाई प्रदान
नेपालबहस संवाददाता
असोज ७, २०८१ सोमबार ११:४९:२०
काठमाडौँ । २१ औं संस्करण तथा वर्ष २०८० को महालक्ष्मी साहित्य पुरस्कार महाकाव्यकार मुना अर्याललाई प्रदान गरिएको छ । शनिबार एक विशेष कार्यक्रमका बीच महाकाव्यकार मुना अर्याललाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
तत्कालीन यती फाइनान्स लिमिटेड (हाल महालक्ष्मी विकास बैंकसँग मर्जर भएको) बाट भाषा, साहित्यको क्षेत्रमा योगदान पुर्याउने साहित्यकारहरूलाई सम्मान गर्नुपर्छ भन्ने प्रमुख उद्देश्यका साथ वि.सं २०५९ सालमा स्थापित यस पुरस्कार यस वर्ष मातृभूमि साहित्य समाज, मकवानपुरको संयोजनमा साहित्यकार मुना अर्याललाई प्रदान गरिएको बैंकले जनाएको छ ।
मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष कृष्णप्रसाद दाहालको सभाध्यक्षता तथा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेको प्रमुख आतिथ्यताकमा सञ्चालित उक्त कार्यकारमा यस बैकका बागमती प्रदेश ‘ख’ का प्रदेश प्रमुख र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले संयुक्त रुपमा प्रदान गरेका हुन् ।
यस कार्यबाट नेपालमा साहित्य क्षेत्रको विकास तथा संरक्षण गर्न योगदान पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहालक्ष्मी विकास बैंकका ग्राहकहरूलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट
मंसिर २६, २०८१ बुधबार
महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट
मंसिर २५, २०८१ मंगलबार
महालक्ष्मी विकास बैंकले घोषणा गर्यो दरबारमार्ग शाखालाई अपाङ्गमैत्री शाखा
मंसिर १९, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार